९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने



अ+ अ-

–सञ्चिता घिमिरे

काठमाडौं– काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन ? अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया÷खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन ? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले ।

कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा अब शौचकै लागि खाजा नखाई नै शौचालय प्रयोग गर्न पाउनु हुनेछ । ती होटल/रेष्टुराँसँगको सहकार्यमा कामपाले चालू आवभित्रै यो योजना शुरु गर्न लागेको हो । आगामी दिनमा अरु होटलमा समेत विस्तार गर्दै जाने कामपाको योजना छ ।

महानगरभित्रका ५० वटा होटलसँग सम्झौता भइसकेको कामपाको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । उनका अनुसार यी होटलमा महानगरवासीले कुनै पनि खानेकुरा नखाँदा पनि पैसा तिरेर शौचालय प्रयोग गर्न पाउनेछन् ।

शौचालय प्रयोग गरेबापत तिनुपर्ने शुल्कलगायतका विषयमा भने टुङ्गो लगाउन बाँकी रहेको उनले बताए । उनले भने, ‘सबै कुराको टुङ्गो लागेपछि नै ती शौचालय सञ्चालनमा आउने छन् ।’

आयोगले केही समय पहिले प्रतिष्पर्धाबाट नै महानगरका लागि नयाँ योजनाको छनोट गर्दा शौचालयमा होटल/रेष्टुराँसँग सहकार्य गर्ने अवधारणा प्रथम भएको थियो । उक्त अवधारणानुसार नै होटल/रेष्टुराँसँग कुराकानी गरिएको उनले बतए। उनले भने, ‘अहिले ५० वटामा सञ्चालन भएपछि अरु होटल पनि थपिने आशा गरिएको छ ।’

देशको सबैभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने महानगरपालिकामा सार्वजनिक शौचालयको अवस्था दयनीय छ । एकातिर शौचालय आवश्यकताभन्दा कम छन् भने अर्कातिर भएका शौचालयको पनि व्यवस्थापन नराम्रो छ । महानगरभित्र शौचालयको सङ्ख्या बढाउनुपर्ने र भएका सफासुग्घर गरेर सञ्चालन गर्नुपर्ने महानगरवासीले माग गरेपछि कामपाले यस्तो योजना बनाएको उपाध्यक्ष बस्नेतले बताए ।

कामपाले विभिन्न स्थानमा शौचालय निर्माण गर्ने र भएकाको स्तरोन्नतिको समेत योजना बनाएको उनले बताए । उनले भने, ‘बढी आवश्यकता भएका ठाउँमा शौचालय निर्माणका लागि पनि डिजाइन गरिसकेका छौँ ।’

महानगरमा अहिले सञ्चालनमा रहेका ५७ वटा सार्वजनिक शौचालयमध्ये अधिकांशको अवस्था राम्रो नभएको बस्नेतले बताए । महानगरले गरेको अनुगमनका आधारमा ती शौचालयलाई स्तरोन्नतिको योजना बनाइएको उनले बताए ।

सार्वजनिक शौचालय बनाइएका ठाउँसँगै विभिन्न पसल सञ्चालनमा छन् । उनले भने, ‘जसले निर्माण ग¥यो र पैसा उठाइरहेको छ उसले पनि शौचालयको व्यवस्थापनका चासो देखाएको पाइएन ।’ काठमाडौँ उपत्यकामा सार्वजनिक शौचालयका विषयमा अनुसन्धानकर्ता प्रकाश अमात्यले अनुसन्धान गरेका थिए ।

काठमाडौँ उपत्यकाका सबै सार्वजनिक शौचालयको अवस्थाका बारेमा स्थलगत अध्ययन गरेका उनले एक महिना पहिले मात्रै अध्ययन पूरा गरेका थिए । अध्ययनका क्रममा शौचालयको सङ्ख्या कम रहेको र भएका पनि अवस्था खराब रहेको पाइएको बताए ।

सार्वजनिक शौचालयको जिम्मेवारी स्थानीय तहको भए पनि तीनले व्यवस्थापनमा वास्ता नगरेको उनले बताए । शौचालयमा पैसा उठाउँदै आएकाले पनि व्यवस्थापनमा चासो नदेखाएको उनको आरोप छ ।

सार्वजनिक शौचालय कामपाको कुन शाखाले हेर्ने भन्ने टुङ्गो नहुँदा पनि सधैँ दूरावस्था भइरहेको उनले बताए । उनले भने, ‘सार्वजनिक शौचालय राम्रो र सफा गरेर सञ्चालन गर्नेलाई पुरस्कार र फोहर गर्नेलाई दण्डको पनि व्यवस्था हुनुपर्छ ।’

कामपाले यस वर्षको बजेटमा शौचालय निर्माणका लागि रु एक करोड ५० लाख छुट्टाएको थियो । यो रकमबाट ४० शौचालय निर्माण गर्ने कामपाको योजना छ । शौचालय निर्माणमा कतिपय व्यावसायिक प्रतिष्ठान, सरकारी र गैरसरकारी संस्थाले पनि चासो देखाएका छन् । ती संस्थालाई पनि समेटेर जाने कामपाको योजना छ ।

निजी–सार्वजनिक साझेदारीमा निर्माण हुँदा त्यसबाट बचेको रकम अर्को कुनै परियोजनामा खर्च गर्न सकिने कामपाले जनाएको छ । आयोगले गत छ महीनामा इञ्जिनीयरिङ अध्ययनरत ३२ विद्यार्थी सहभागी गराएर ४० आयोजनाको डिजाइन गरेकामा सार्वजनिक शौचालय पनि एक हो ।