९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षण गरिँदै स्थानीय जातका कुखुरा



अ+ अ-

बेझाड- पाल्पाको माथागढी गाउँपालिकाले स्थानीय जातको कुखुरा संरक्षण अभियान थालेको छ ।

बजारमा स्थानीय जातको कुखुराको माग बढ्दै गएपछि कृषकको आर्थिकस्तर उकास्न संरक्षण अभियान थालेको हो । आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले स्थानीय कुखुरा संरक्षण अभियान कार्यक्रमअन्तर्गत रु चार लाख रकम विनियोजन गरेको छ । स्थानीय जातका कुखुरा पाल्न इच्छुक कृषकलाई कुखुराको चल्ला, दानापानी, औषधोपचार, खोर व्यवस्थापनमा सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।

आर्थिक ०७५/७६ मा स्थानीय कुखुरा संरक्षण अभियानअन्तर्गत रु एक लाख ५० हजार रकम विनियोजन गरी २८ जना कृषकलाई सहयोग गरिएको थियो । प्रत्येक कृषकलाई ५० वटा कुखुराका चल्ला वितरण, निःशुल्क औषधोपचार र दानाको सहयोग गरिएको छ ।

स्थानीय जातको कुखुरा गाउँघरमा पछिल्लो समय व्यावसायिक रुपमा पाल्ने कृषक कमै रहेकाले संरक्षण गर्न र व्यवसायीकरण गरेर कृषकलाई आत्मनिर्भर बनाउन यो अभियान चलाएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताउनुभयो ।

“गाउँपालिकालाई स्थानीय जातका कुखुरा उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्ने, कुखुराबाट आयस्रोत बढाएर कृषकलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना छ”, उहाँले भन्नुभयो । स्थानीय कुखुरा संरक्षण अभियान कार्यक्रमले व्यावसायिक रुपमा अगाडि बढ्न सहयोग पुगेको माथागढी गाउँपालिका–७ बस्ने कृषक रामबहादुर लाम्काहाले बताउनुभयो । गाउँपालिकाले उहाँलाई ५० वटा कुखुराको चल्ला दिएपछि अहिले व्यावसायिक तवरबाट कुखुरा पाल्न थाल्नुभएको छ ।

“कुखुराको चल्ला, दानापानी, औषधोपचार घरमै सेवा पाइएको छ, बिक्रीका लागी सजिलो र बजारमा यसको मुल्य राम्रो रहेकाले कुखुरापालन व्यवसायलाई विस्तार गर्दै आर्थिक स्रोत बढाउने सोच छ”, उहाँले भन्नुभयो । यो कार्यक्रम गरीब, दलित, विपन्न परिवारका लागि आम्दानी गर्ने राम्रो माध्यम बन्ने उहाँले बताउनुभयो । यहाँ मगर समुदायको बाक्लो बस्ती छ ।
स्थानीय जातलाई संरक्षण गर्न र व्यवसायीकरण गर्ने उद्देश्यले गाउँपालिकाले चलाएको स्थानीय जातका कुखुरा संरक्षण अभियान कार्यक्रमले कृषक उत्साहित भएका छन् । व्यापारी नै घरघरमा पुगेर स्थानीय जातका कुखुरा खरीद गर्ने गरेका छन् । महँगो मूल्य परे पनि व्यापारी तथा ग्राहकले खोजी खोजी खरीद गर्ने गर्छन् । बिक्रीका लागी बजार सहज भएपछि कृषकले स्थानीय जातका कुखुरा पालेर राम्रो लाभ लिन सक्नेछन् । गाउँपालिकाले पशुस्वास्थ्य प्राविधिक परिचालन गरेर गाउँगाउँमा हेरचाह र औषधोपचारका लागि खटाउने गरेको छ ।