११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

संरक्षण गरिँदै स्थानीय जातका कुखुरा

संरक्षण गरिँदै स्थानीय जातका कुखुरा
अ अ+ अ-

बेझाड- पाल्पाको माथागढी गाउँपालिकाले स्थानीय जातको कुखुरा संरक्षण अभियान थालेको छ ।

बजारमा स्थानीय जातको कुखुराको माग बढ्दै गएपछि कृषकको आर्थिकस्तर उकास्न संरक्षण अभियान थालेको हो । आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले स्थानीय कुखुरा संरक्षण अभियान कार्यक्रमअन्तर्गत रु चार लाख रकम विनियोजन गरेको छ । स्थानीय जातका कुखुरा पाल्न इच्छुक कृषकलाई कुखुराको चल्ला, दानापानी, औषधोपचार, खोर व्यवस्थापनमा सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।

आर्थिक ०७५/७६ मा स्थानीय कुखुरा संरक्षण अभियानअन्तर्गत रु एक लाख ५० हजार रकम विनियोजन गरी २८ जना कृषकलाई सहयोग गरिएको थियो । प्रत्येक कृषकलाई ५० वटा कुखुराका चल्ला वितरण, निःशुल्क औषधोपचार र दानाको सहयोग गरिएको छ ।

स्थानीय जातको कुखुरा गाउँघरमा पछिल्लो समय व्यावसायिक रुपमा पाल्ने कृषक कमै रहेकाले संरक्षण गर्न र व्यवसायीकरण गरेर कृषकलाई आत्मनिर्भर बनाउन यो अभियान चलाएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताउनुभयो ।

“गाउँपालिकालाई स्थानीय जातका कुखुरा उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्ने, कुखुराबाट आयस्रोत बढाएर कृषकलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना छ”, उहाँले भन्नुभयो । स्थानीय कुखुरा संरक्षण अभियान कार्यक्रमले व्यावसायिक रुपमा अगाडि बढ्न सहयोग पुगेको माथागढी गाउँपालिका–७ बस्ने कृषक रामबहादुर लाम्काहाले बताउनुभयो । गाउँपालिकाले उहाँलाई ५० वटा कुखुराको चल्ला दिएपछि अहिले व्यावसायिक तवरबाट कुखुरा पाल्न थाल्नुभएको छ ।

“कुखुराको चल्ला, दानापानी, औषधोपचार घरमै सेवा पाइएको छ, बिक्रीका लागी सजिलो र बजारमा यसको मुल्य राम्रो रहेकाले कुखुरापालन व्यवसायलाई विस्तार गर्दै आर्थिक स्रोत बढाउने सोच छ”, उहाँले भन्नुभयो । यो कार्यक्रम गरीब, दलित, विपन्न परिवारका लागि आम्दानी गर्ने राम्रो माध्यम बन्ने उहाँले बताउनुभयो । यहाँ मगर समुदायको बाक्लो बस्ती छ ।
स्थानीय जातलाई संरक्षण गर्न र व्यवसायीकरण गर्ने उद्देश्यले गाउँपालिकाले चलाएको स्थानीय जातका कुखुरा संरक्षण अभियान कार्यक्रमले कृषक उत्साहित भएका छन् । व्यापारी नै घरघरमा पुगेर स्थानीय जातका कुखुरा खरीद गर्ने गरेका छन् । महँगो मूल्य परे पनि व्यापारी तथा ग्राहकले खोजी खोजी खरीद गर्ने गर्छन् । बिक्रीका लागी बजार सहज भएपछि कृषकले स्थानीय जातका कुखुरा पालेर राम्रो लाभ लिन सक्नेछन् । गाउँपालिकाले पशुस्वास्थ्य प्राविधिक परिचालन गरेर गाउँगाउँमा हेरचाह र औषधोपचारका लागि खटाउने गरेको छ ।