११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पोखरामा निःशुल्क जापानी मेकअप

पोखरामा निःशुल्क जापानी मेकअप
अ अ+ अ-

–जमुना वर्षा शर्मा
कास्की– पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरु पनि थिए । बोर्डमा लेखिएको थियो ‘जापानको निःशुल्क मेकअप ।’

सबै व्यस्त थिए, महानगर आएका सेवाग्राही महिलाको हातमा मेहन्दी र अनुहारमा मेकअप गरिरहेका थिए । सेवाग्राही महिलाको हातमा नेलपोलिस, आइस्याडो, लिपिस्टिक लगाउने तरिकाबारे जापानी युवतीले बताइरहेकी थिइन् । सहजकर्ताका रूपमा रहेका थिए, केही नेपाली बोल्न जान्ने जापानी योहासिमतो ।

केही सेवाग्राही भने त्यो दृश्यले निकै अचम्म मानेर हेरिरहेका थिए । महानगर जस्तो व्यस्त ठाउँमा मेकअपको सामान फिजाएर निःशुल्क मेकअप गर्दै बस्नुको अर्थ धेरैले भेउ पाएनन् । काममा आउनेहरु केही बेरको दृश्य हेरेर फर्के भने केहीले निःशुल्क मेकअपमा सहभागी पनि जुटाए ।

साउनको महिना भएकाले अधिकांशले हातमा मेहन्दी लगाइरहेका थिए । ‘साउनको महिना आज कामले महानगर आएको मेकअप गर्ने कार्यक्रम रहेछ’, पोखरा–१७ बस्ने उमा सुवेदीले भनिन्, ‘निःशुल्क मेहन्दी लगाइदिन्छौँ भन्नुभयो लगाएँ ।’

केही सेवाग्राहीले भने गुनासो गरिरहेका थिए । ‘महानगर जस्तो ठाउँमा यसरी मूल ढोकामा मेकअप गर्नुको औचित्य के हो ? यसले कस्तो सन्देश दिन खोजेको हो ?’ महानगर मूल ढोकामा भएको यो गतिविधि राम्रो नलागेको एक पुरुष सेवाग्राहीले प्रतिक्रिया दिए ।

महानगरका उपप्रमुख मञ्जु गुरुङले भने जाइकामा कार्यरत जापानी सौन्दर्यकर्मीले सौन्दर्यकलाका बारेमा जानकारी दिने उद्देश्यले पोखरा महानगरमा पनि ठाउँ मागेकाले उपलब्ध गराएको बताइन् । “खासै विशेष कार्यक्रम केही होइन, एक जापानी सौन्दयकर्मी युवतीले सामान्यतः मेकअप कसरी गर्ने र यसले महिलाको सौन्दर्य र आत्मविश्वासमा कस्तो प्रभाव पार्छ भनेर सिकाउनका लागि ठाउँ माग्नुभयो हामीले उपलब्ध गराएका हौँ ।” यसले महिलालाई मेकअपका बारेमा जानकारी दिन सहयोग पु¥याएको उनको भनाइ थियो ।

जाइकाबाट पोखरामा महानगरपालिकाको महिला शाखामा कार्यरत जापानी युवक योहासिमातोको सहयोगमा जापानी युवती महानगर परिसरमा आएको उपप्रमुख गुरुङले जानकारी दिइन् । उनले पोखराको अन्य वडामा समेत निःशुल्क मेकअप गर्दै आइरहेकी छिन् ।

सौन्दर्यकलाको विद्यार्थी २२ वर्षीया युरिकाले एक महिनाको बसाइमा आफ्नो सीपलाई अरूसमक्ष पु¥याउने प्रयास गरेको बताइन् । ‘जापानी मेकअपका बारेमा नेपालमा जानकारी दिने उद्देश्य र नेपाली महिलामा मेकअपको महत्व र यसले महिलाको जीवनमा ल्याउने सकारात्मक कुराहरुका बारेमा जानकारी दिन निःशुल्क मेकअप गरेकी हूँ ।’ यो आफ्नो रहर र पेशा दुवै भएको उनको भनाइ थियो ।

युरिका शिवायामासहित गुरुङ ब्युटी एकेडेमी न्युरोड पोखराका चार प्रशिक्षार्थीहरुले दिउँसो १ देखि ४ बजेसम्म सेवाग्राही महिलालाई मेकअप गराइदिएका थिए ।