९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा निःशुल्क जापानी मेकअप



अ+ अ-

–जमुना वर्षा शर्मा
कास्की– पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरु पनि थिए । बोर्डमा लेखिएको थियो ‘जापानको निःशुल्क मेकअप ।’

सबै व्यस्त थिए, महानगर आएका सेवाग्राही महिलाको हातमा मेहन्दी र अनुहारमा मेकअप गरिरहेका थिए । सेवाग्राही महिलाको हातमा नेलपोलिस, आइस्याडो, लिपिस्टिक लगाउने तरिकाबारे जापानी युवतीले बताइरहेकी थिइन् । सहजकर्ताका रूपमा रहेका थिए, केही नेपाली बोल्न जान्ने जापानी योहासिमतो ।

केही सेवाग्राही भने त्यो दृश्यले निकै अचम्म मानेर हेरिरहेका थिए । महानगर जस्तो व्यस्त ठाउँमा मेकअपको सामान फिजाएर निःशुल्क मेकअप गर्दै बस्नुको अर्थ धेरैले भेउ पाएनन् । काममा आउनेहरु केही बेरको दृश्य हेरेर फर्के भने केहीले निःशुल्क मेकअपमा सहभागी पनि जुटाए ।

साउनको महिना भएकाले अधिकांशले हातमा मेहन्दी लगाइरहेका थिए । ‘साउनको महिना आज कामले महानगर आएको मेकअप गर्ने कार्यक्रम रहेछ’, पोखरा–१७ बस्ने उमा सुवेदीले भनिन्, ‘निःशुल्क मेहन्दी लगाइदिन्छौँ भन्नुभयो लगाएँ ।’

केही सेवाग्राहीले भने गुनासो गरिरहेका थिए । ‘महानगर जस्तो ठाउँमा यसरी मूल ढोकामा मेकअप गर्नुको औचित्य के हो ? यसले कस्तो सन्देश दिन खोजेको हो ?’ महानगर मूल ढोकामा भएको यो गतिविधि राम्रो नलागेको एक पुरुष सेवाग्राहीले प्रतिक्रिया दिए ।

महानगरका उपप्रमुख मञ्जु गुरुङले भने जाइकामा कार्यरत जापानी सौन्दर्यकर्मीले सौन्दर्यकलाका बारेमा जानकारी दिने उद्देश्यले पोखरा महानगरमा पनि ठाउँ मागेकाले उपलब्ध गराएको बताइन् । “खासै विशेष कार्यक्रम केही होइन, एक जापानी सौन्दयकर्मी युवतीले सामान्यतः मेकअप कसरी गर्ने र यसले महिलाको सौन्दर्य र आत्मविश्वासमा कस्तो प्रभाव पार्छ भनेर सिकाउनका लागि ठाउँ माग्नुभयो हामीले उपलब्ध गराएका हौँ ।” यसले महिलालाई मेकअपका बारेमा जानकारी दिन सहयोग पु¥याएको उनको भनाइ थियो ।

जाइकाबाट पोखरामा महानगरपालिकाको महिला शाखामा कार्यरत जापानी युवक योहासिमातोको सहयोगमा जापानी युवती महानगर परिसरमा आएको उपप्रमुख गुरुङले जानकारी दिइन् । उनले पोखराको अन्य वडामा समेत निःशुल्क मेकअप गर्दै आइरहेकी छिन् ।

सौन्दर्यकलाको विद्यार्थी २२ वर्षीया युरिकाले एक महिनाको बसाइमा आफ्नो सीपलाई अरूसमक्ष पु¥याउने प्रयास गरेको बताइन् । ‘जापानी मेकअपका बारेमा नेपालमा जानकारी दिने उद्देश्य र नेपाली महिलामा मेकअपको महत्व र यसले महिलाको जीवनमा ल्याउने सकारात्मक कुराहरुका बारेमा जानकारी दिन निःशुल्क मेकअप गरेकी हूँ ।’ यो आफ्नो रहर र पेशा दुवै भएको उनको भनाइ थियो ।

युरिका शिवायामासहित गुरुङ ब्युटी एकेडेमी न्युरोड पोखराका चार प्रशिक्षार्थीहरुले दिउँसो १ देखि ४ बजेसम्म सेवाग्राही महिलालाई मेकअप गराइदिएका थिए ।