७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिनको ‘आर्क ब्रिज’ सञ्चालनमा



अ+ अ-

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन नारायणगढ सडक खण्डस्थित तनहुँ– चितवन जोड्ने आर्क ब्रिज सञ्चालनमा आएको छ।

नेपालले आफ्नै लगानी, प्रविधि र दक्षता प्रयोग गरी यो आर्क ब्रिज निर्माण गरेको हो । सडक विभागको पुल महाशाखाका अनुसार २ वर्षअघि नै बनिसक्नुपर्ने पुल ढिला गरी निर्माण सकिएर सञ्चालनमा ल्याइएको छ । नयाँ प्रविधिमा नेपाली ठेकेदारले नै काम गरेकोले यो पुल बनाउँदा ढिलाई भएर तीनपटक म्याद थप गर्नुपरेको थियो ।

पुल योजना मध्ये क्षेत्र सेक्टर नम्बर दुई ललितपुर योजना प्रमुख अंगलाल रोकायाले काम सम्पन्न भएलगत्तै आर्क ब्रिज सञ्चालनमा आएको बताए। ‘जेठमा सम्पन्न हुने पर्नेमा पेन्टीङ्ग गर्ने काम बाँकी थियो र सोमबारबाट सञ्चालनमा आएको हो’ उनले भने। उक्त पुल १२ करोड लागतमा बनेको हो।

यो पुलको निर्माण इलाइट एड्भेन्चर लोहनी जेभीले गरको हो । यो नेपाली ठेकेदार कम्पनी नै हो । डिजाइन एन्ट मल्टि मोडलमा बनेको पुलको डिजाइन पनि नेपाली ठेकेदारले नै गरेका हुन् । १६० मिटर लम्बाई र ११ मिटर चौडाईमा बनेको सो पुल दुई लेनमा बनेको छ।