९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक पोशाक बजारमा बिक्री बितरणमा कडाई



अ+ अ-

काठमाडौं । सरकारले सैनिक पोशाक बजारमा बिक्री बितरणमा कडाई गरेको छ।


नेपाली सेनाले मात्रै प्रयोग गर्ने क्यामोफ्लाइज कपडा सर्वसाधारणले प्रयोग गर्ने गरेको, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन रक्षक तथा निजी सुरक्षा गार्डहरुले पनि प्रयोग गर्ने गरेको भन्दै त्यसप्रति रोक लगाइएको मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ।

मन्त्रालयद्वारा जारी सूचनामा सैनिक पोशाक आपराधिक प्रवृतिका मानिसहरुले दुरुपयोग गर्ने गरेको समेत जनाइएको छ ।

नेपाली सेनाको आग्रहमा सैनिक बाहेन अन्य ब्यक्तिहरुले सो पोशाक प्रयोग गर्न नपाउने ब्यवस्था मिलाउन सरकारले जिल्ला प्रशासक कार्यालयहरुलाई निर्देशन पनि दिएको छ।