९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माण गर्न केही कुराले छेक्दैन: पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताएका छन् ।

आज यहाँस्थित सूर्योदय नगरपालिकामा ‘२०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उनले भने, “मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब भने मुलुक समृद्ध बनाउन कुनै समस्या रहेको छैन् ।”

पूर्वप्रधानमन्त्री खनालले अहिले मुलुक विकासकै चरणमा रहेको बताउँदै यो समयमा पनि विकासका काम नभएमा मुलुकपछि पर्ने धारणा व्यक्त गरे ।

उनले १० वर्ष लगाएर निर्माण गरेको संविधान विकासको जग भएको भन्दै अब मुलुकमा विकासको छल्याङ मार्ने बेला भएको बताए । “हामीले लामो समय राणाकाल, पञ्चायती व्यवस्थाजस्ता निरङ्कुश शासन व्यवस्था झेलेऊ”, उनले भने, “अब कुनै पनि निरङ्कुश व्यवस्था छैन । त्यसैले यो समयमा तीव्र विकास गर्नुपर्छ ।”

उनले संविधान निर्माणपछि मुलुकमा अधिनायकवाद समापन भएको, जनतालाई अधिकार सम्पन्न बनाएको र प्रगतिको मार्ग देखा परेको उल्लेख गर्दै सूर्योदय नगरपालिका विकास र प्रगतिमा नेपालकै उत्कृष्ट नगर भएकाले अन्य स्थानीय तहले पनि यसबाट पाठ सिक्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा (रमण)ले मुलुक समृद्धिको दिशामा अघि बढेको बताए ।