७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ



अ+ अ-

गुल्मी । धारिलो हतियार हँसिया प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–३ नौघाते बस्ने ४५ वर्षीय लछुमण कुमाल रहेका छन् ।

खेतमा पानी लगाउने बिषयमा झै(झगदा हुँदा उनले सोही स्थान बस्ने ४९ वर्षीय मोतिलाल कुमाललाई हँसिया प्रहर गरी गम्भीर घाइते बनाएका थिए । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले घटनास्थलमा मोतिलालको शव फेला पारको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।