९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र हजार घुस लिने इन्जिनियरविरुद्ध मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । घुस रकम सहित पक्राउ परेका बारा जिल्ला पचरौता नगरपालिकाका इन्जिनियर राम प्रकाश सतराविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडा, मकवानपुरबाट खटिई गएको टोलीले निज इन्जिनियर सतरालाई सेवाग्राहीसँग पन्ध्र हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

उनले पचरौता नगरपालिकास्थित विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाए ।

सतरालाई पन्ध्र हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।