२० भाद्र २०८३, शनिबार
,
Latest
‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र हजार घुस लिने इन्जिनियरविरुद्ध मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । घुस रकम सहित पक्राउ परेका बारा जिल्ला पचरौता नगरपालिकाका इन्जिनियर राम प्रकाश सतराविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडा, मकवानपुरबाट खटिई गएको टोलीले निज इन्जिनियर सतरालाई सेवाग्राहीसँग पन्ध्र हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

उनले पचरौता नगरपालिकास्थित विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाए ।

सतरालाई पन्ध्र हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।