२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगजनीको आरोपमा एक पक्राउ



अ+ अ-

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा गैँडाटारका रेवप्रसाद मैनाली रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।

आगजनीबाट करीब रु छ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । आगजनीबाट कार्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत सामानका साथै कागजातसमेत नष्ट भएको वडा अध्यक्ष बोधराज देवकोटाले जानकारी दिनुभयो । गएराति करिब १ बजे वडा कार्यालयमा आगजनी भएको थियो ।