१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ महिनापछि आयो भट्टराईको मन्त्री बन्ने पालो



अ+ अ-

काठमाडौं । कम्युनिष्ट विद्यार्थी आन्दोलनदेखिका नेता योगेश भट्टराईले बल्ल मन्त्री पद पाउनुभएको छ । प्रत्यक्ष सांसद् बनेलगत्तै उहाँ मन्त्री बन्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिले ‘ट्युनिङ’ नमिल्दा उहाँलाई उक्त अवसर जुटेको थिएन ।

यद्यपि प्रधानमन्त्री ओलीले १७ महिनापछि उहाँलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त गर्नुभयो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्री बामदेव गौतमतिरको ‘लिगेसी’ तोड्न ओलीले भट्टराईलाई आफू विदेश जानुअगावै छिट्टै मन्त्री बनाएको एउटा वृत्तमा विश्लेषण भएको छ ।

मन्त्री भट्टराईले बुधबारै प्रधानमन्त्री ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु पद तथा गोपनियताको सपथ लिनुभयो ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आउनुभएको थियो ।

मन्त्री भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको रुपमा चुनिनुभएको थियो । निर्वाचनको क्रममा तत्कालिन पार्टी अध्यक्षको रुपमा चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताएर पठाएको अवस्थामा मन्त्रीबनाउने घोषणा गर्नुभएको थियो । पहिलो चरणको मन्त्रिपरिषद् विस्तारहरुमा भट्टराई नपर्दा प्रधानमन्त्री ओलीको समेत आलोचना भएको थियो । अन्ततः प्रधानमन्त्री ओलीले निर्वाचन प्रचारको क्रममा आफूले गरेको प्रतिबद्धताअनुसार सरकार गठन भएको १७ महिनापछि पर्यटन मन्त्री बनाउनुभएको छ ।

२०२३ भदौ २१ गते उहाँ ताप्लेजुङको साँघु मैवाखोलागाउँपालिका–३० मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिनुभएको थियो । भट्टराई २०३७ सालदेखि कम्युनिष्ट विद्यार्थी (अनेरास्ववियु) आन्दोलनमा जोडिनुभएको थियो । उहाँ २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति बन्नुभएको थियो । भट्टराईले विद्यार्थी संगठनको कार्यालय सचिव, प्रचार विभागप्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
उहाँले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताउँदै बुधबार नै मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो । सबै अग्रजको सल्लाहमा अघि बढ्ने उहाँको भनाइ रहेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।