९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिनमा एनसेलको १७ वटा टावरमा आगजनी, विप्लव समूहमाथि आशंका



अ+ अ-

विराटनगर । मोरङको पथरीमा रहेको एनसेल टावरमा आगजनी भएको छ । बुधबार राति मोरङको पथरी शनिश्चरे नगरपालिका– ६ मंगलबारेमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।

आजगजनीका कारण टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।

आगजनी गर्ने प्रतिवन्धित नेत्र विक्रम विप्लव समूहका कार्यकर्ता भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यद्पी आगजनी गर्नेहरुको पहिचान हुन सकेको छैन् ।

यता अज्ञात समूहद्वारा गएराती करिब १ बजेको समयमा सुदूरपश्चिमका विभिन्न स्थानहरुमा रहेका एनसेल टावरमा आगजनी गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी मुख्यालय दिपायलले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिकामा १, टिकापुर नगरपालिकामा १, लम्की नगरपालिकामा १, र जानकी नगरपालिकामा २ वटा गरी ५ वटा एनसेलका टावरमा आगजनि भएको छ । त्यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका स्थित हगुल्टेमा रहेको काफली टावर र डोटीको गोगनपानी कटैथलामा रहेको सुदूरपश्चिमको पहाडी जिल्लालाई समेट्ने प्रमुख टावरमा आगजनि गरिएको हो ।

प्रदेश प्रहरी मुख्यालय दिपायलका अनुसार बाजुराको बुढीगंगाको बार्जुकोटमा रहेको टावर, बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा टावरमा आगजनी भएको छ । बैतडीको दोगाडाको सित्तड र पुर्चौडीको कुडिमा गरी दुईवटा टावर त्यस्तै कञ्चनपुर र दार्चुलामा पनि एनसेल टावर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

आगजनीका कारण एनसेलका टावरमा जडानगरिएका उपकरणहरु पूर्णरुपमा ध्वस्त भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तारणीप्रदाश लम्सालले टावरमा आगजनी गराउने व्यक्तिको खोजी कार्यकालागि व्यापक रुपमा प्रहरी टोली गएराती देखीनै परिचालन भएको बताए ।

एनसेलका टावरमा सरकार द्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द ‘बिप्लब’ का कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।