११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

एकै दिनमा एनसेलको १७ वटा टावरमा आगजनी, विप्लव समूहमाथि आशंका

एकै दिनमा एनसेलको १७ वटा टावरमा आगजनी, विप्लव समूहमाथि आशंका
अ अ+ अ-

विराटनगर । मोरङको पथरीमा रहेको एनसेल टावरमा आगजनी भएको छ । बुधबार राति मोरङको पथरी शनिश्चरे नगरपालिका– ६ मंगलबारेमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।

आजगजनीका कारण टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।

आगजनी गर्ने प्रतिवन्धित नेत्र विक्रम विप्लव समूहका कार्यकर्ता भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यद्पी आगजनी गर्नेहरुको पहिचान हुन सकेको छैन् ।

यता अज्ञात समूहद्वारा गएराती करिब १ बजेको समयमा सुदूरपश्चिमका विभिन्न स्थानहरुमा रहेका एनसेल टावरमा आगजनी गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी मुख्यालय दिपायलले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिकामा १, टिकापुर नगरपालिकामा १, लम्की नगरपालिकामा १, र जानकी नगरपालिकामा २ वटा गरी ५ वटा एनसेलका टावरमा आगजनि भएको छ । त्यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका स्थित हगुल्टेमा रहेको काफली टावर र डोटीको गोगनपानी कटैथलामा रहेको सुदूरपश्चिमको पहाडी जिल्लालाई समेट्ने प्रमुख टावरमा आगजनि गरिएको हो ।

प्रदेश प्रहरी मुख्यालय दिपायलका अनुसार बाजुराको बुढीगंगाको बार्जुकोटमा रहेको टावर, बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा टावरमा आगजनी भएको छ । बैतडीको दोगाडाको सित्तड र पुर्चौडीको कुडिमा गरी दुईवटा टावर त्यस्तै कञ्चनपुर र दार्चुलामा पनि एनसेल टावर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

आगजनीका कारण एनसेलका टावरमा जडानगरिएका उपकरणहरु पूर्णरुपमा ध्वस्त भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तारणीप्रदाश लम्सालले टावरमा आगजनी गराउने व्यक्तिको खोजी कार्यकालागि व्यापक रुपमा प्रहरी टोली गएराती देखीनै परिचालन भएको बताए ।

एनसेलका टावरमा सरकार द्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द ‘बिप्लब’ का कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।