११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सिन्धुपाल्चोकमा ७० हजार भूकम्पपीडित नयाँ आवासमा सरे

सिन्धुपाल्चोकमा  ७० हजार भूकम्पपीडित नयाँ आवासमा सरे
अ अ+ अ-

चौतारा । भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म ७० हजार १८८ परिवार नयाँ आवासगृहमा बस्न थालेका छन् ।

कूल लाभग्राही सूचीमा परेकामध्ये ७९.१ प्रतिशतको तेस्रो किस्ता भुक्तानी लिई नयाँ आवासगृहमा बस्न थालेका हुन् । लाभग्राही सूचीमा रहेका ८८ हजार २७३ मध्ये दुई २२७ परिवार लाभग्राही सूचीबाट हटाइएको छ । पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा रहेकाले गत असार २१ गतेसम्म सम्झौता गरी मसान्तभित्र पहिलो किस्ता लिई सक्नुपर्ने गरी तोकेको समयसीमाभित्र नआएपछि लाभग्राही सूचीबाट हटाइएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका निमित्त प्रमुख लक्ष्मणकुमार सेठले बताए ।

भूकम्पबाट अति जोखिममा परेका सेलाङ, बरुवा, सिन्धुकोट, तालामाराङ, मेलम्चीलगायतका पीडितहरुका लागि अझैसम्म सुरक्षित जग्गा फेला नपरेकाले बसोबासको टुङ्गो लाग्न सकेको छैन । त्यस्ता परिवार ९१२ रहेका छन् । त्यसमध्ये हालसम्म प्राधिकरणबाट उपलब्ध भएको थप रु दुई लाखबाट जग्गा खरिद गरी २८८ परिवारको आवास निर्माणको काम पूरा भएको र बाँकी ६२४ परिवारको अझै व्यवस्था हुन सकेको छैन ।

भोटेकोशी गाउँपालिकाको लिस्तीका पीडितहरुले जोखिमकै ठाउँमा आवास निर्माण गरी अनुदानसमेत लिइसकेका छन् । जिल्लाका १३ जनाले भने अन्यत्र बसोबास रहेको भन्दै पहिलो किस्ता बापतको रु ५० हजार फिर्ता गरिसकेका छन् । कूल लाभग्राहीमध्ये ८६ हजार ४७ परिवारले सम्झौता गरी पहिलो किस्ता बुझेका छन् ।

छुट गुनासोमा पर्न बाँकी पीडितका लागि पहिलो पटक दर्ता गर्न पुनः समय तोकेपछि १८ हजार ६८९ जनाको निवेदन दर्ता भएको छ । त्यसको टुङ्गो केन्द्रले लगाउने भएकाले निक्र्यौल हुन बाँकी नै छ । शुरुको अवस्थामा जिल्लामा ७८ हजार ४८४ लाभग्राही सूचीमा सूचीकृत रहेका थिए ।

त्यसमा वृद्धि हुँदै गएपछि ८८ हजार २७३ पुगेको हो । गुनासोमा दर्ता भएका समेतको गणना गर्दा लाभग्राहीको सूचीमा एक लाख चार हजार ७३५ परिवार पुग्ने देखिन्छ । ०७२ सालको भूकम्पबाट यहाँका निजी घर, सरकारी कार्यालय, स्वास्थ्य केन्द्र तथा विद्यालयसमेत गरी ९५ प्रतिशत भवन भत्केको स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।