९ आश्विन २०८१, बुधबार
,
Latest
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको प्रहरी टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९१ नंको बस जाँचका क्रममा लागुऔषधसहित बारा कलैयाका १६ वर्षीय राजु चौधरीलाई आज बिहान पक्राउ गरेको हो ।

प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले पक्राउ चौधरीसँग नुर्फिन ९६ एम्पुल, फेनार्गन ९८ एम्पुल र डाइजेपाम ९८ एम्पुल बरामद गरेको जानकारी दिए ।

नागढुङ्गा प्रभागले बुधबार नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना८ख १३६ नंको बस जाँचका क्रममा १२१ ग्राम खैरो हिरोइनसहित नेपालगञ्जका ५५ वर्षीय अब्दुल सलामलाई पक्राउ गरेको थियो । पक्राउ चौधरीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग थानकोट पठाएको प्रभागले जनाएको छ ।