११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सबै पालिकामा स्तनपान कक्ष स्थापना हुँदै

सबै पालिकामा स्तनपान कक्ष स्थापना हुँदै
अ अ+ अ-

–विष्णु नेपाल
काठमाडौं । काखमा नवजात शिशु छ, स्तनपान गराइरहनुपर्छ । सेवा लिन स्थानीय सरकार (गाउँपालिका÷नगरपालिका तथा प्रदेश) जानुपरेको छ । नजिकको सरकारको भवनमा स्तनपान मैत्री संरचना छैनन् ।

यो समस्याको अब अन्त्य भएको छ । पालिका तथा प्रदेश कार्यालयले अनिवार्य आफ्ना भवनमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान सरकारले कार्यान्वयनमा ल्याउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रजनन स्वास्थ्य ऐनको प्रावधानलाई कार्यान्वयन गर्न ७५३ वटै पालिकासहित प्रदेश कार्यालयमा स्तनपान कक्ष स्थापना गर्न अनुरोध÷परिपत्र गर्ने तयारी गर्दैछ ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग परिसरमा गत वर्ष आजको दिन स्तनपान कक्ष स्थापना गरिएको थियो । सो कक्षमा दुईजना महिलासम्मले आफ्ना शिशुलाई स्तनपान गराई सुताउन सक्नेछन् ।

परिवार स्वास्थ्य महाशाखाका पोषण शाखाका प्रमुख केदार पराजुलीले स्तनपान सप्ताह २०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रजनन स्वास्थ्य ऐनलाई कार्यान्वय गर्न सबै पालिकामा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयले अनुरोध÷परिपत्र गर्न लागेको जानकारी दिनुभयो ।

सो ऐनमा सरकारी संरचनामा अनिवार्य स्तनपान कक्ष व्यवस्था हुनुपर्ने प्रावधान रहेको छ । पछिल्लो समय स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य सस्था, अस्पतालले समेत धमाधम स्तनपान कक्ष स्थापना गरिरहेका छन् । तर अन्य मन्त्रालयलमा स्तनपान कक्ष स्थापना गरेका छैनन् ।

नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवन तथा सिंहदरबारस्थित सचिवालयको भवनमा समेत स्तनपान कक्ष छैन । पहिलो र दोस्रो संविधानसभा बैठकका समयमा महिला सांसदका लागि छुट्टै कोठाको व्यवस्था मिलाइको थियो ।उसो त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक विमानस्थलमा ‘स्तनपान कर्नर’ रहेका छ । सबै यात्रुले देख्नसक्ने ठाउँमा सो कर्नर नरहेकाले धेरैले यो सुविधा उपयोग गर्न पाएका छैनन् ।

पछिल्लो जनसाङ्ख्यिक सर्वेक्षण २०१६ का अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या ६६ प्रतिशत मात्र रहेको छ । पूर्ण स्तनपान भन्नाले शिशुको जन्म भएपछि एक घण्टाभित्र देखि पाँच वर्षसम्मको स्तनपानलाई जनाउँछ । अर्कोतर्फ शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या ५५ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन ।

सर्वेक्षणले स्तनपान गराउनुअघि १० जनामध्ये तीन जना शिशुलाई घ्यू, मह, चिनी चटाउने गरेको देखाएको थियो । शल्यक्रिया गरेर जन्माइएका शिशुलाई भने आमाको दूधलाई प्रतिस्थापना गर्ने अन्य खुवाइने गरेको देखिएको छ ।

अर्कोतर्फ आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु बिक्री वितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ । सो सम्बन्धी ऐन २०४९ र नियमावली २०५१ जारी भएको थियो । तर ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन भएको छैन । नेपालमा आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु कति बिक्री वितरण हुन्छ भन्ने अध्ययन भएको छैन ।

काठमाडौँ उपत्यकामा नै स्तनपानको अवस्था दयनीय

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र हेलन केलर इन्टरनेशनलले गरेको एक अध्ययनका अनुसार काठमाडाँै उपत्यकाभित्र रहेका अस्पतालमा नै स्तनपान अवस्था गतिलो छैन । अध्ययनका अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपानको दर केवल ४१ प्रतिशत मात्र रहेको छ । तीन दिनपछि नै आमाले बट्टाको दूध शिशुलाई खुवाउन थालेको सो अध्ययनले देखाएको थियो ।

यसैगरी शिशु जन्मने बित्तिकैै आमाको नाङ्गो छातीमा टसाएर राख्ने दर केवल नौ प्रतिशत छ । शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न यसले सहयोग गर्ने हेलन केलरका स्वास्थ्य विज्ञ डा अतुल उपाध्याय बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप हो, जन्मेको एक घण्टाभित्र देखि छ महिनासम्म स्तनपान मात्र, दुई वर्षदेखि स्तनपानका साथमा अन्य खानेकुरा खुवाउनाले आमा र शिशुको स्वास्थ्य राम्रो हुन्छ ।”

स्तनपानका फाइदा

स्तनपानले आमालाई गर्भ निरोधकका रुपमा काम गर्छ । शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोत हो । आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता हुन्छ ।

शिशुलाई जन्मना साथ छातीमा टाँसेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई उत्तेजित पार्छ । यसले सालनाल निक्लन र रक्तस्रावसमेत बन्द हुने र आमाको तनावसमेत कम हुने महाशाखाका अधिकृत मुकुन्दराज गौतम बताउनुहुन्छ । आमाको दूधमा रोग नाशक तत्व तथा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगका कीटाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरू बनाउँछ । यो तत्व ‘थोरासिक डक्ट’ भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाको पेटमा पुग्दछ । यसरी शिशु आमाको दूध नियमित रूपमा खाएर स्वस्थ रहन्छन् ।

‘आमा बाबुको सक्षमता, स्तनपानको सफलता’ आधार भन्ने नाराका साथ यस वर्ष स्तनपान दिवस साताव्यापी रुपमा मनाइँदैछ । सो अवसरका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेल, परिवार कल्याण महाशाखाका प्रमुख डा भीमसिंह तिङ्करीले स्तनपानका महत्वका बारेमा जानकारी दिनुभएको थियो ।