११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

गड्यौला मलमा किसानको आकर्षण

गड्यौला मलमा  किसानको आकर्षण
अ अ+ अ-

गोरखा । पछिल्लो समय जिल्लाका किसानले रासायनिक मलको सट्टामा गड्यौला मल प्रयोग गर्न थालेका छन् । विशेषगरी अमिलो जातका फलफूलका बोटबिरुवामा किसानले गड्यौला मल बढी प्रयोग गर्न थालेका हुन् ।

“कागती, सुन्तला, निबुवालगायत फलफूलको बोटबिरुवामा गड्यौला मल प्रयोग गर्दा फल राम्रो दिने गरेको पाइयो”, पालुङटार नगरपालिका–९ पाण्डेबेसीका कृषक धनमाया थापाले भने, “आफँैले बनाउन पनि सक्ने र माटो पनि नबिगार्ने भएकाले गड्यौला मल बढी प्रयोग गर्न थालेका हौँ ।”

पाण्डेबेसीमा करीब ३० रोपनी जमीनमा कागतीको व्यावसायिक खेती शुरु गरिएको छ । स्थानीय २५ महिला मिलेर संयुक्तरुपमा कागतीको व्यावसायिक खेती शुरु गरेका उहाँले जानकारी दिए । यहाँका सबै कृषकले घरमै गड्यौला मल बनाएर प्रयोग गर्न थालेको कृषक थापाको भनाइ थियो ।

“एकपटक प्रयोग गरेपछि माटोमा मलिलोपना र चिसोपना पनि लामो समयसम्म बसिरहने रहेछ”, उनले भने, “रासायनिक मल प्रयोग गर्दा बारी बिग्रने अर्कोपटक मल प्रयोग गर्दा अघिल्लो पटकको तुलनामा बढी प्रयोग गर्नै पर्ने बाध्यता हुने भएकाले माटोको उब्जनीपना जोगाउन पनि गड्यौला मल राम्रो देखिएको हो ।”

घरमै गड्यौला मल उत्पादनका लागि कृषकले तालीमसमेत लिएको सोही ठाउँका अर्का स्थानीयवासी देवनिधि पाण्डेले जानकारी दिए । “घरमा एउटा भए पनि गाईबस्तु पालेकै छौँ, त्यसबाहेक घरमै गड्यौला मल बनाउनका लागि चाहिने आवश्यक पराल, भुसलगायत खेर जाने सामग्रीको पनि सदुपयोग भएको छ”, उनले भने ।

गड्यौला मल प्रयोगबाट उत्पादनले फाइदा पुग्न थालेपछि यहाँका कृषकले गाउँमै गड्यौला मलको उत्पादन बढाउने तयारीसमेत गरिरहेको पाण्डेको भनाइ थियो । “थोरै मल राखे पनि उत्पादन राम्रो हुने, बनाउन पनि गाह्रो नहुने भएपछि कृषकसमेत उत्साहित भएका छन्”, उनले भने, “अब पूरै गाउँमा गड्यौला मल उत्पादनमा जोड दिन लागिपरेका छौँ ।” करीब दुई महीनामा गड्यौला मल तयार भइसक्ने र बिक्री गर्न चाहेमा प्रतिकेजी रु ५० सम्म यस्तो मल बिक्री हुने स्थानीयवासी बताउँछन् । त्यहाँका कृषकलाई गड्यौला मल उत्पादन र प्रयोगका लागि सहमति नामक संस्थाले समूह गठन गरी सामूहिक तालीमसमेत दिएको छ ।

गड्यौला मल प्रयोग गर्दा गन्ध नआउने, प्रयोग गर्न सजिलो र स्वास्थ्यमा असर पनि नपर्ने तथा फलफूलको बोटबिरुवामा प्रयोग गर्दा उत्पादनसमेत लामो समयसम्म दिने भएकाले पनि किसानको आकर्षण बढेको शहीद लखन गाउँपालिका–२ का अर्का कृषक खड्गबहादुर थापाले बताए ।

“गड्यौला उत्पादन गर्न थालेको करीब एक वर्ष भयो”, बोट बिरुवाका लागि गाईभैँसी बस्तुभाउको मलभन्दा बढी पोषिलो हुने रहेछ”, उनले भने, “यहाँका किसानले समूहमा मल उत्पादन गरेर कागती, सुन्तलालगाय फलफूलमा प्रयोग गर्दै आएका छन् ।”

थापाले गड्यौला मल प्रयोग गर्दा फलफूलका बोट बिरुवाले छिटो पालुवा दिने र फलसमेत राम्रो हुने गरेको बताए । गड्यौला मल बनाउनका लागि थोरै गाईको पुरानो मलसँगै खेर गएको डाँठ, पात टुक्र्याएर पनि उत्पादन गर्न सकिने भएकाले पनि सबैले घरमै बनाउन सक्ने उनको भनाइ थियो ।