७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाली एक सैनिक सिमा पार गर्दै दक्षिण कोरिया पुगे



अ+ अ-

सोल । उत्तर कोरियाली एक सैनिक असैन्यकृत क्षेत्र पार गरी दक्षिण कोरिया पुगेका छन् ।

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएका उत्तर कोरियाली सैनिकको परिचय भने सार्वजनिक गरिएको छैन । यद्यपि उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका उनी उत्तर कोरियाली सेनामा कार्यरत सैनिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सीमा क्षेत्रमा राखिएको तापक्रम पहिचान गर्न सक्ने यन्त्रले उनी दक्षिण कोरिया पुगेको पत्ता लागेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

यसअघि नै उनले दक्षिण कोरिया आउने इच्छा देखाएको बताइएको छ । दक्षिण कोरिया पुगेका उनलाई सैनिक हिरासतमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हरेक वर्ष उत्तर कोरियाबाट भागेर दर्जनौंको सङ्ख्यामा उत्तर कोरियाली सैनिक तथा सर्वसाधारण दक्षिण कोरिया आउने गरेका छन् ।