२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल जेसीज क्षेत्र ‘क’को सम्मेलन भद्रपुरमा हुने



अ+ अ-

भद्रपुर । नेपाल जेसीजको क्षेत्र क सम्मेलन भद्रपुरमा भदौ २० र २१ गते सम्पन्न हुने भएको छ । भद्रपुर जेसीजको आतिथ्यमा सर्लाहीको मलंगवा पूर्वमा रहेका ३९ वटा शाखाका करिव ८ सय प्रतिनिधिको सम्मेलन हुने भएको हो ।

आयोजक भद्रपुर जेसीजले आज पत्रकार भेटघाटको आयोजना गर्दै ४५ लाख खर्चको अनुमान सहित सम्मेलनमा सहभागीहरूले बस्नका लागि चन्द्रगढी भद्रपुर बजार क्षेत्रमा रहेका होटलहरूमा ४५० जना र अन्यलाई मेचीनगरको धुलावारी र चारआलीमा राखिने प्रबन्ध सहितको प्रारम्भिक तयारी बारे जानकारी दिएको छ ।

भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा सम्मेलन निर्देशक वसन्त पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अहिलेसम्मको सम्मेलत तयारी वारे प्रचार— प्रशार उपसमितिका संयोजक अभिषेक ढुंगानाले जानकारी दिएका थिए ।

कार्यक्रम सफल बनाउन भद्रपुर जेसीजका सन् २००३ का अध्यक्ष वसन्त पोखरेलको नेतृत्वमा ९ जना पूर्व अध्यक्षहरू सदस्य रहने गरी आयोजक समिति गठन गरिएको छ । जसमा रजिष्ट्रेसन उपसमिति संयोजक हरि पोखरेल, अतिथि सत्कार उपसमिति गणेश पोखरेल, कार्यक्रम व्यवस्थापन जय तिम्सेना, खाद्य व्यवस्थापन किरणकुमार शर्मा, आर्थिक व्यवस्थापन लोकनाथ भट्टराई, आवास व्यवस्थापन निरज पोखरेल, पदयात्रा व्यवस्थापन रमेश पोखरेल, प्रचार प्रसार अभिषेक ढुंगाना, हल व्यवस्थापन प्रकाश भण्डारी र सम्मेलन महासचिव सोमप्रसाद ढुंगेल तथा सम्मेलन कोषाध्यक्ष विगम श्रेष्ठ रहेका छन् ।