९ आश्विन २०८१, बुधबार
,
Latest
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल जेसीज क्षेत्र ‘क’को सम्मेलन भद्रपुरमा हुने



अ+ अ-

भद्रपुर । नेपाल जेसीजको क्षेत्र क सम्मेलन भद्रपुरमा भदौ २० र २१ गते सम्पन्न हुने भएको छ । भद्रपुर जेसीजको आतिथ्यमा सर्लाहीको मलंगवा पूर्वमा रहेका ३९ वटा शाखाका करिव ८ सय प्रतिनिधिको सम्मेलन हुने भएको हो ।

आयोजक भद्रपुर जेसीजले आज पत्रकार भेटघाटको आयोजना गर्दै ४५ लाख खर्चको अनुमान सहित सम्मेलनमा सहभागीहरूले बस्नका लागि चन्द्रगढी भद्रपुर बजार क्षेत्रमा रहेका होटलहरूमा ४५० जना र अन्यलाई मेचीनगरको धुलावारी र चारआलीमा राखिने प्रबन्ध सहितको प्रारम्भिक तयारी बारे जानकारी दिएको छ ।

भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा सम्मेलन निर्देशक वसन्त पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अहिलेसम्मको सम्मेलत तयारी वारे प्रचार— प्रशार उपसमितिका संयोजक अभिषेक ढुंगानाले जानकारी दिएका थिए ।

कार्यक्रम सफल बनाउन भद्रपुर जेसीजका सन् २००३ का अध्यक्ष वसन्त पोखरेलको नेतृत्वमा ९ जना पूर्व अध्यक्षहरू सदस्य रहने गरी आयोजक समिति गठन गरिएको छ । जसमा रजिष्ट्रेसन उपसमिति संयोजक हरि पोखरेल, अतिथि सत्कार उपसमिति गणेश पोखरेल, कार्यक्रम व्यवस्थापन जय तिम्सेना, खाद्य व्यवस्थापन किरणकुमार शर्मा, आर्थिक व्यवस्थापन लोकनाथ भट्टराई, आवास व्यवस्थापन निरज पोखरेल, पदयात्रा व्यवस्थापन रमेश पोखरेल, प्रचार प्रसार अभिषेक ढुंगाना, हल व्यवस्थापन प्रकाश भण्डारी र सम्मेलन महासचिव सोमप्रसाद ढुंगेल तथा सम्मेलन कोषाध्यक्ष विगम श्रेष्ठ रहेका छन् ।