९ आश्विन २०८१, बुधबार
,
Latest
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिरञ्जित ढङ्गले समाचार आयो: प्रदेश सरकार



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले पूँजीगत खर्च बढाउन वर्षको अन्तिममा आएर मन्त्रीले आफ्ना लागि गाडी खरीद गरेको भन्ने समाचार असत्य रहेको बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहले मन्त्रालयमा विभिन्न सवारीसाधन खरीद गर्नुपर्ने आवश्यकता देखिएकाले जनताको सेवा र सुरक्षाका लागि प्रचलित ऐन र मापदण्डभित्र रहेर प्रदेश सरकारले सवारीसाधन खरीद गरेको स्पष्ट पारे ।

उनले भने, “पूँजीगत खर्च बढाउनका लागि मन्त्रीले आफ्ना लागि गाडी खरीद गरेको भनेर अतिरञ्जित र अनर्गल ढङ्गले सञ्चारमाध्यममा आएको समाचार असत्य हो ।”

प्रदेश सरकारले १६ थान अत्याधुनिक एम्बुलेन्स, प्रदेश प्रहरीका लागि नौ थान जीप, विभिन्न मन्त्रालय र कार्यालयका लागि ३३ मोटरसाइकलसहित जम्मा ५३ थान गाडी खरीद गरेको उनले जानकारी दिए ।

प्रदेश सरकार र मातहतका मन्त्रालय, निकायको गत आर्थिक वर्ष २०७५÷७६ मा पूँजीगत र चालू खर्चको प्रगति ५९ दशमलव ५५ प्रतिशत भएको पनि उहाँले पत्रकार सम्मेलनमा जानकारी दिए ।