२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिरञ्जित ढङ्गले समाचार आयो: प्रदेश सरकार



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले पूँजीगत खर्च बढाउन वर्षको अन्तिममा आएर मन्त्रीले आफ्ना लागि गाडी खरीद गरेको भन्ने समाचार असत्य रहेको बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहले मन्त्रालयमा विभिन्न सवारीसाधन खरीद गर्नुपर्ने आवश्यकता देखिएकाले जनताको सेवा र सुरक्षाका लागि प्रचलित ऐन र मापदण्डभित्र रहेर प्रदेश सरकारले सवारीसाधन खरीद गरेको स्पष्ट पारे ।

उनले भने, “पूँजीगत खर्च बढाउनका लागि मन्त्रीले आफ्ना लागि गाडी खरीद गरेको भनेर अतिरञ्जित र अनर्गल ढङ्गले सञ्चारमाध्यममा आएको समाचार असत्य हो ।”

प्रदेश सरकारले १६ थान अत्याधुनिक एम्बुलेन्स, प्रदेश प्रहरीका लागि नौ थान जीप, विभिन्न मन्त्रालय र कार्यालयका लागि ३३ मोटरसाइकलसहित जम्मा ५३ थान गाडी खरीद गरेको उनले जानकारी दिए ।

प्रदेश सरकार र मातहतका मन्त्रालय, निकायको गत आर्थिक वर्ष २०७५÷७६ मा पूँजीगत र चालू खर्चको प्रगति ५९ दशमलव ५५ प्रतिशत भएको पनि उहाँले पत्रकार सम्मेलनमा जानकारी दिए ।