११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सेनाको ‘एकीकरण पदमार्ग’ प्रवद्र्धन योजना

सेनाको ‘एकीकरण पदमार्ग’ प्रवद्र्धन योजना
अ अ+ अ-

काभे्रपलाञ्चोक । ‘भ्रमण वर्ष–२०२०’ का लागि नेपाली सेनाले नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘टे«किङ टे«ेल’का रुपमा विकसित गर्ने योजना बनाएको छ ।

धुलिखेलस्थित नेपाली सेनाको विष्णुदल गणले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले १८२० सालमा काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्गका विषयमा आज स्थानीय जनप्रतिनिधिलाई भ्रमण वर्षका लागि निर्माण गरिने ‘युनिफिकेशन टे«किङ टे«ेल’का विषयमा जानकारी गराएको छ । “टे«किङ टे«ेल बनिसकेपछि ऐतिहासिक एवं कला झल्काउने स्थानलाई विश्वमा चिनाउन मद्दत पुग्नेछ”, गणपति सुवास खड्काले भने ।

टे«किङ टे«ेलअन्तर्गत शुरुआत स्थल, सङ्केत केन्द्र, मेडिकल, खानेपानी, शौचालयजस्ता भौतिक संरचना धुलिखेल र पनौती नगरपालिकाभित्र बन्ने भएकाले ती दुई स्थानीय तहले निर्माणमा सहयोग गर्ने भएका छन् । गणपति खड्काका भने, “भ्रमण वर्ष–२०२० अन्तर्गत आउँदो फागुन २४ गते उक्त टे«किङ टे«ेलमा विभिन्न निकायका व्यक्तिलाई अवलोकन गराइनेछ ।”

गणले उक्त दिन मन्त्री, सांसद, राजनीतिक दलका नेता तथा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका तहगत अधिकारी, विदेशी सैनिक, कूटनीतिक नियोगका प्रमुखलगायत विदेशी पाहुना, स्थानीय तहका प्रमुख एवं पदाधिकारी तथा नागरिक समाजका नागरिक गरी एक हजार जनालाई पदमार्ग अवलोकन गराउने योजना पनि बनाएको छ ।

पदमार्ग धुलिखेलस्थित पर्यटकीयस्थल अड्डा बजारबाट शुरु भई देवीस्थान, काभ्रेकोट, चौकोट, शारदाकोटबाट ऐतिहासिक नगरी पनौतीको गोरखनाथ डाँडा, पनौती इन्द्रेश्वर परिसर र नगरपालिकाको कार्यालयसम्म तय गरिनेछ । पदमार्ग १० किलोमिटर लम्बाइको रहेको छ । काभ्रेपलाञ्चोक एकीकरणका दौरान तत्कालीन अवस्थामा प्रयोग गरिएका पदमार्ग, कोट, धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर र ऐतिहासिक कला संस्कृति झल्कने स्थानलाई समेटिएको गणपति खड्काले जानकारी दिए । पदमार्ग एक दिनको हुनेछ ।

पदमार्गका लागि तय गरिएको स्थानका सडक तथा बाटो स्तरोन्नति गरिने पनि योजनामा उल्लेख गरिएको छ । धुलिखेल नपाप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले पदमार्ग व्यवस्थित गर्दा स्थानीय तहसँग समन्वय गरी मापदण्ड तोक्नुपर्ने बताए । उनले भने, “सडक र बाटो स्तरोन्नति गर्न तथा धुलिखेलभित्र तीन वटा शौचालय निर्माण गर्न नपाले सहयोग गर्नेछ ।”

प्रजिअ उदयबहादुर रानाले पर्यटकीय नगरी धुलिखेल र ऐतिहासिक एवं धार्मिक नगरी पनौती नपाबीच समन्वय गरी टे«किङ टे«ेललाई स्थापित गर्न सुझाव दिए । साथै सो अवसरमा टे«किङ टे«ेल निर्माण भएपछि स्थानीय तह, होटल एशोसिएशन नेपाल तथा उद्योग वाणिज्य सङ्घलगायत सामाजिक संस्थाले त्यसलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि ‘पर्यटकीय रुट’का रुपमा विकसित गर्न सुझाव दिइएको छ ।