९ आश्विन २०८१, बुधबार
,
Latest
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको ‘एकीकरण पदमार्ग’ प्रवद्र्धन योजना



अ+ अ-

काभे्रपलाञ्चोक । ‘भ्रमण वर्ष–२०२०’ का लागि नेपाली सेनाले नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘टे«किङ टे«ेल’का रुपमा विकसित गर्ने योजना बनाएको छ ।

धुलिखेलस्थित नेपाली सेनाको विष्णुदल गणले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले १८२० सालमा काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्गका विषयमा आज स्थानीय जनप्रतिनिधिलाई भ्रमण वर्षका लागि निर्माण गरिने ‘युनिफिकेशन टे«किङ टे«ेल’का विषयमा जानकारी गराएको छ । “टे«किङ टे«ेल बनिसकेपछि ऐतिहासिक एवं कला झल्काउने स्थानलाई विश्वमा चिनाउन मद्दत पुग्नेछ”, गणपति सुवास खड्काले भने ।

टे«किङ टे«ेलअन्तर्गत शुरुआत स्थल, सङ्केत केन्द्र, मेडिकल, खानेपानी, शौचालयजस्ता भौतिक संरचना धुलिखेल र पनौती नगरपालिकाभित्र बन्ने भएकाले ती दुई स्थानीय तहले निर्माणमा सहयोग गर्ने भएका छन् । गणपति खड्काका भने, “भ्रमण वर्ष–२०२० अन्तर्गत आउँदो फागुन २४ गते उक्त टे«किङ टे«ेलमा विभिन्न निकायका व्यक्तिलाई अवलोकन गराइनेछ ।”

गणले उक्त दिन मन्त्री, सांसद, राजनीतिक दलका नेता तथा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका तहगत अधिकारी, विदेशी सैनिक, कूटनीतिक नियोगका प्रमुखलगायत विदेशी पाहुना, स्थानीय तहका प्रमुख एवं पदाधिकारी तथा नागरिक समाजका नागरिक गरी एक हजार जनालाई पदमार्ग अवलोकन गराउने योजना पनि बनाएको छ ।

पदमार्ग धुलिखेलस्थित पर्यटकीयस्थल अड्डा बजारबाट शुरु भई देवीस्थान, काभ्रेकोट, चौकोट, शारदाकोटबाट ऐतिहासिक नगरी पनौतीको गोरखनाथ डाँडा, पनौती इन्द्रेश्वर परिसर र नगरपालिकाको कार्यालयसम्म तय गरिनेछ । पदमार्ग १० किलोमिटर लम्बाइको रहेको छ । काभ्रेपलाञ्चोक एकीकरणका दौरान तत्कालीन अवस्थामा प्रयोग गरिएका पदमार्ग, कोट, धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर र ऐतिहासिक कला संस्कृति झल्कने स्थानलाई समेटिएको गणपति खड्काले जानकारी दिए । पदमार्ग एक दिनको हुनेछ ।

पदमार्गका लागि तय गरिएको स्थानका सडक तथा बाटो स्तरोन्नति गरिने पनि योजनामा उल्लेख गरिएको छ । धुलिखेल नपाप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले पदमार्ग व्यवस्थित गर्दा स्थानीय तहसँग समन्वय गरी मापदण्ड तोक्नुपर्ने बताए । उनले भने, “सडक र बाटो स्तरोन्नति गर्न तथा धुलिखेलभित्र तीन वटा शौचालय निर्माण गर्न नपाले सहयोग गर्नेछ ।”

प्रजिअ उदयबहादुर रानाले पर्यटकीय नगरी धुलिखेल र ऐतिहासिक एवं धार्मिक नगरी पनौती नपाबीच समन्वय गरी टे«किङ टे«ेललाई स्थापित गर्न सुझाव दिए । साथै सो अवसरमा टे«किङ टे«ेल निर्माण भएपछि स्थानीय तह, होटल एशोसिएशन नेपाल तथा उद्योग वाणिज्य सङ्घलगायत सामाजिक संस्थाले त्यसलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि ‘पर्यटकीय रुट’का रुपमा विकसित गर्न सुझाव दिइएको छ ।