२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्राइडे रिलिजः ‘न यता न उता’ र ‘रातो गलबन्दी’



अ+ अ-

काठमाडौं । आजबाट एकसाथ दुई नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘रातो गलबन्दी’ र ‘न यता न उता’ । यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।

‘न यता न उता’

विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेको फिल्म कमेडी जनरामा निर्माण भएको हो । फिल्म ‘न यता न उता’मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय रहेको छ ।

फिल्ममा रिना लामा कार्यकारी निर्माता रहेकी छन् ।

‘रातो गलबन्दी’

अनिश थापाको निर्देशन रहेको फिल्म हिमाल कडरिया र दुर्गा बस्नेतले निर्माण गरेका सामाजिक प्रेमकथामा निर्माण भएको फिल्म ‘रातो गलबन्दी’मा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको मुख्य भुमिका रहेको रहेको छ ।

हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् ।