७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालुको छाला र छाला, पित्त र दाँतसहित तीन जना पक्राउ



अ+ अ-

रुपन्देही । भालुको छाला र छाला, पित्त र दाँतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले सैनामैना नगरपालिका–१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका–२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका–७ बस्ने ४३ वर्षीय धनवीर विक र पाल्पा तिनाऊँ गाउँपालिका–१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।

होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुको साथबाट १ थान, पित्त २ थान र दाँत २ थान फेला परेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।