११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

वैज्ञानिक वन व्यवस्थापनले जङ्गलबाट पशुपक्षी हराउँदै

वैज्ञानिक वन व्यवस्थापनले जङ्गलबाट पशुपक्षी हराउँदै
अ अ+ अ-

घोराही । दाङ देउखुरीका विभिन्न सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत धमाधम पुराना रूख काटिए । अझै कतिपय सामुदायिक वनमा त झाडी सफाइको नाममा साना रुख पनि बाँकी छैनन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले एकातिर फाइदा पु¥याए पनि अर्कोतर्फ नोक्सान भइरहेको स्थानीय बताउँछन् ।

लमही नगरपालिका–७ निवासी प्रकाश चौधरीले वैज्ञानिक वन व्यवस्थापनले नोक्सानसँगै थप समस्या सिर्जना गरेको बताए । “हाम्रो रोजीरोटी यही जङ्गल हो, गाई बाख्रा चराउनु पर्छ पाइँदैन ।” चौधरीले भने, “जङ्गलमा चरण रोक्काले गरिएको छ भने बूढा र साना रुख काटिएका छन् ।” उनको भनाइमा गाईबस्तुको आहाराको रुपमा प्रयोग हुने साना जातका रुख पनि सबै सखाप भइसके । जसको कारण पहिले प्रशस्त देखिने जङ्गली जनावर र पशुपक्षी पनि अचेल देखिन छाडेका छन् ।

पुराना र धोन्द्रे रूखमा पशुपक्षीको बासस्थान हुने भएकाले उनीहरूको बासस्थान सङ्कटमा पर्न थालेको जानकार बताउँछन् । पुराना र धोन्द्रे रुखमा बसोबास गर्ने पक्षी लोप हुने खतरामा छन् । दाङ देउखुरीका सामुदायिक वनमा वन व्यवस्थापनको नाममा पुराना रुख काट्न थालेपछि वन्यजन्तुको अस्तित्व हराउन थालेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङका अध्यक्ष उमाकान्त पन्त बताए । वैज्ञानिक वन व्यवस्थापनको नाममा पुराना रूख काट्नाले जैविक विविधतामा असर परेको उनको बुझाइ छ ।

सामुदायिक वनका पुराना रुखमा बसोबास गर्ने लाटोकोसेरो, लासे, धनेस, सर्प, छेपारोलगायतका प्रजातिका जनावर लोप हुने खतरा बढेको उनले बताए । “अहिले जङ्गली गोँहोरो, टोँड्कामा बस्ने सर्प, धनेसलगायतका प्रजाति पाइनै छाडे ।” पछिल्लो समय जङ्गलमा पाइने घस्रने र ठूलाठूला रुखमा बस्ने विभिन्न प्रजाति लोप हुने अवस्थामा रहेकाले यस विषयमा गम्भीर हुनुपर्ने संरक्षणकर्मी चिरञ्जीवी खनालले बताए । टोँड्को र धोन्द्रे रुखमा धमिरा, किरासँगै चरा बस्छन् । तिनै रुख हटाउँदा त्यहाँ बसिरहेका र बासस्थान बनाउने प्रजाति अन्यत्रै बसाई सर्ने अवस्था आएको उनको धारणा छ । भालु, निरबिरालो, गोह्रा, उड्ने लोखर्केलगायतका वन्यजन्तु रुखमा बस्ने गर्दछन् । वैज्ञानिक वनअन्तर्गत ठूलाठूला रुख मासिँदा वन्यजन्तुलाई प्रत्यक्ष असर पुगेको अनुसन्धानकर्ता खनालले बताए ।

सामुदायिक वन उपभोक्ता महासङ्घ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले पनि सामुदायिक वनको दिगो व्यवस्थापनको पक्षमा सोच्नुपर्ने बताए । पुरानो कार्ययोजनामा प्रशस्त उपभोक्तालाई अधिकार भएकाले वन मास्ने गरी आएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू हुन नहुने तर्क गरे । विविधतामा असर गर्ने र उपभोक्तामैत्री नभएको कारण वैज्ञानिक वन व्यवस्थापन लागू हुन नहुने उनको बुझाइ छ ।

वैज्ञानिक वन व्यवस्थापन भनेको ठूला र बूढा रुख हटाउँदै नयाँ बिरुवा हुर्काउनु हो । देउखुरी क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये २० वटा वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम स्वीकृत भएको छ । जसमध्ये १५ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत काम शुरु भइसकेका छन् । बाँकी पाँच वटा वनमा तत्काल शुरु हुने डिभिजन वन कार्यालय लमहीले जानकारी दिएको छ ।