९ आश्विन २०८१, बुधबार
,
Latest
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन अहिलेको आर्थिक विकास मोडलले नै असमानता बढायो: विज्ञहरु परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरका उद्योगहरुमा कार्यरत १ सय ४४ मजदूर हटाइयो, एकको मृत्यु



अ+ अ-

हेटौंडा । मकवानपुर जिल्लाको उद्योगहरुमा कार्यरत १४४ जना मजदूरलाई यस वर्ष जागिरबाट हटाइएको छ । साथै एक मजदूरको काम गर्दागर्दै करेण्ट लागेर मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौँडाले जनाएको छ ।

कार्यालयबाट आर्थिक वर्ष ७५/७६ को प्राप्त विवरणअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल्स इण्डस्ट्रिज प्रालि तथा अन्य औद्योगिक प्रतिष्ठानबाट उक्त मजदूर हटाइएको बताइएको छ ।
सोही आर्थिक वर्षमा इनभाइरो प्लाष्ट प्रालीमा कार्यरत मजदूरको विद्युत् चुहिएर मृत्यु भएको हो । साथै उद्योगमा कार्यरत मजदूरले आफ्नो हक र अधिकारका लागि व्यक्तिगत तथा सामूहिकरुपमा करीब १०० उजुरी गरेको बताइएको छ । विवरणमा सो कार्यालयमा परेका उजुरीमध्ये सामूहिक छ वटा तथा व्यक्तिगत नौ वटा उजुरीको फछ्र्यौट गरिएको उल्लेख गरिएको छ ।

कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठका अनुसार चितवन र मकवानपुरमा सो कार्यालयमा दर्ता भएका २०६ वटा उद्योग रहेको जसमध्ये मकवानपुरमा ७२ र चितवनमा १३४ वटा उद्योग रहेका छन् । ती उद्योगमा पाँच हजार ७४३ मजदूर रहेको र उनीहरुको अवस्थाबारे अनुगमन हुने गरेको जनाइएको छ ।

असुरक्षित गर्भपतनका कारण सात प्रतिशत महिलाको मृत्यु

नेपालमा असुरक्षित गर्भपतनका कारण वार्षिक सात प्रतिशत महिलाको मृत्यु हुने गरेको एक तथ्याङ्कले जनाएको छ । महिला बालबालिका तथा वातावरण सुधार मञ्चको समन्वयमा आसपास नेपालको आयोजनामा भएको अभिमुखी कार्यक्रममा सो जानकारी दिइएको हो ।

कार्यक्रममा उपलब्ध तथ्याङ्कमा नेपालमा ५८ प्रतिशत महिलाले वार्षिक असुरक्षितरुपमा गर्भपतन गराउने गरेको उल्लेख छ । प्रत्येक वर्ष नेपालमा तीन लाख २३ हजार महिलाले गर्भपतन गराउने गरिएको र तीमध्ये ५८ प्रतिशतले असुरक्षितरुपमा गर्भपतन गराउने गरेको बताइएको छ । मकवानपुर जिल्लामा अघिल्लो आर्थिक वर्षमा ८८९ महिलाले सुरक्षित गर्भपतन सेवा लिएकामा गत वर्ष जेठसम्ममा एक हजार ९९ जना महिलाले सुरक्षित गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यो कार्य सकारात्मक हो । हाल मकवानपुरमा सूचीकृत सरकारी स्वास्थ्य संस्था १५ वटा र सूचीकृत निजी तीन वटा संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेको स्वास्थ्य कार्यालयको एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले सुरक्षित गर्भपतनको सम्बन्धमा महिला र पुरुषलाई सँगै समेट्नुपर्नेमा जोड दिँदै भने, ‘सुरक्षित गर्भपतनका बारेमा अझै जनचेतना पर्याप्त भइसकेको छैन, त्यसैले यसमा जोड दिनु आवश्यक छ ।’