७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल कायदाको आक्रमणमा १९ सैनिक मारिए



अ+ अ-

एडेन । दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ ।

सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडी पुनः अल कायदाको आक्रमण भएको छ ।

यस आक्रमण्मा परी कम्तीमा ४७ यमनी प्रहरीको मृत्यु भएको थियो । मारिएका ती प्रहरीहरु प्राय नयाँ भएका जनाइएको छ । यस आक्रमणमा परी दर्जनौं प्रहरी जवान घाइते भएका चिकित्सकहरुले बताएका थिए ।

आब्यान प्रान्तमा रहेको अल माहफिद शिवीरमा सशस्त्र रुपमा आएका बन्दुकधारीहरुले आक्रमण गरेका सुरक्षा अधिकारीहरुले एएफपी समाचार समितिलाई जनाएका छन् ।

यसरी आक्रमणमा परी १९ सैनिक मारिएका अन्य केही घाइते र यस घटनाको विस्तृत विवरण मृतकको सङ्ख्या दुई सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।