७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाग्रेभमा छ जनाको हत्या



अ+ अ-

जाग्रेभ । क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्तिले पनि आत्महत्या गरेको प्रहरीको भनाई छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार ती शंकास्पद व्यक्तिले पूर्व प्रेमिका र एक बालक सहित उनको परिवारका चार जनालाई गोली हानी हत्या गरेका थिए ।

प्रहरीले मृत्यु भएकाहरुमा दुई पुरुष, तीन महिला र एक बालक रहेको जनाएको छ । त्यही भवनमा भेटिएका अर्का एक बालक भने सुरक्षित भेटिएका थिए ।