११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

ग्यारेजमा थन्किए घुम्ती शौचालय

ग्यारेजमा थन्किए घुम्ती शौचालय
अ अ+ अ-

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा खरीद गरेर ल्याएका चार घुम्ती शौचालय आजभोलि घुम्न छाडेर उपयोगविहीन भएका छन् ।

करीब तीन महीना चोक–चोकमा राखिएका घुम्ती शौचालयमा शौच गर्न ग्राहकहरु नै नआएको भन्दै ती शौचालय जिल्ला समन्वय समिति, बाँकेको सवारी पार्किङमा थन्क्याइएको छ । खुला शौचको समस्या हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले चार वटा घुम्ती शौचालय त्रिभुवनचोक, धम्बोझीचोक, विपीचोक, पुष्पलालचोकलगायत सार्वजनिक शौचालय नभएका अन्य स्थानमा राख्ने गरेको थियो ।

ठेकेदारमार्फत सञ्चालन गरिएका घुम्ती शौचालय प्रयोग गरेवापत निश्चित शुल्क दिनुपथ्र्यो । तर शौच गर्न आउने ग्राहकले पैसा तिर्न नमानेपछि ठेकेदार आफैँले शौचालय सञ्चालन गर्न इच्छा देखाएनन् । सञ्चालन खर्च नै नउठ्ने देखिएपछि शौचालय थन्क्याइएका छन् । उपयोग हुने÷नहुने अवस्थाका बारेमा अध्ययन नै नगरेर खरीद गरिएका घुम्ती शौचालय उपयोगविहीन भएपछि स्थानीयवासीले गुनासो गरेका छन् ।

बाहिर तथा जिल्लाका विभिन्न स्थानबाट काम लिएर आउने सेवाग्राहीलाई शौच गर्न समस्या भएपछि उपमहानगरपालिकाले घुम्ती शौचालय खरीद गरेको थियो । “चोकमा मानिस शौच गर्न नपाएर पैदलयात्री शौचालय खोज्दै होटलमा पुग्ने गर्छन् । तर कतिपय होटल सञ्चालकले शौच गर्न दिँदैनन् । यस्तो अवस्थामा घुम्ती शौचालय उपयोगविहीन बनाउनु राम्रो नभएको नेपालगञ्ज–१ धम्बोझीका मनिराम शर्माले बताउनुभयो ।

उपमहानगरपालिका–१ कै पद्मा कार्कीले यहाँका चोकमा सार्वजनिक शौचालय नहुँदा कति ठूलो समस्या छ भन्ने सबैलाई थाहा भएको बताउनुभयो ।

सञ्चालनमा ल्याइएका शौचालयबाट सङ्कलित मलमूत्रलाई प्राङ्गरिक मल बनाएर प्रयोग गर्ने उपमहानगरपालिकाको योजना बीचमै अलपत्र परेको छ । उपमहानगरले तीन महीनाका लागि शौचालय सञ्चालन गर्न रु ७० हजारमा सरसफाइकर्मी भानु भट्टलाई जिम्मेवारी दिएको थियो । सञ्चालन खर्चका लागि ग्राहकसँग पिसाब गरेवापत रु पाँच र दिसा गरेवापत रु १० शुल्क लिइँदै आए पनि ग्राहकले पैसा तिर्न नमान्दा शौचालय बन्द गर्नुपरेको भट्टले बताउनुभयो ।

शौचालय नहुँदा नेपालगञ्ज आउने अधिकांश यात्रुले दिनहुँ सास्ती खेप्नुपरेको बर्दियाबाट नेपालगञ्ज आएका पदमसिंह थापाले बताउनुभयो । सार्वजनिक शौचालय अभावमा सबैभन्दा धेरै महिलाले हैरानी व्यहोर्नुपरेको उहाँको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने उपयोगविहीन भएर शौचालय नथन्क्याएको दाबी गर्नुभयो । “पैसा नतिर्ने समस्या देखिएकै हो । तर त्यही कारणले थन्क्याउनुपरेको भने होइन”, प्याकुरेलले भन्नुभयो, “अब हामी अलि फरक तरिकाले त्यसको उपयोग गर्छौ।”

सार्वजनिक कार्यक्रमका साथै नेपालगञ्ज भन्सार, बसपार्कजस्ता क्षेत्रमा घुम्ती शौचालय राख्ने तयारी छ ।

नेपालगञ्ज बजारमा अहिले पनि ११ सार्वजनिक शौचालय छन् । तीमध्ये चार मात्रै प्रयोगमा छन् । भएका सार्वजनिक शौचालयलाई राम्ररी प्रयोगमा ल्याउन नसकेको उपमहानगरपालिकाले एकै पटकमा छ जनाले शौच गर्न मिल्ने गरी घुम्ती शौचालय खरीद गरेर थालनी गरेको नयाँ काम पनि बीचमै अलपत्र परेको छ ।