११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

श्रमिक मजदुरलाई प्रोत्साहन रकम

श्रमिक मजदुरलाई प्रोत्साहन रकम
अ अ+ अ-


बेझाड । रामपुर नगरपालिका क्षेत्रमा कार्यरत श्रमिक मजदुरहरुलाई काममा हौसला बढाउन प्रोत्साहन रकम प्रदान गरिएको छ । पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले निर्माण क्षेत्रका अगुवा मजदुरलाई घर ढलानको सङ्ख्याको आधारमा प्रतिढलान रु दुईका दरले प्रोत्साहन प्रदान कार्य शुरु गरेको हो ।

समितिमा आबद्ध भएकामध्ये ५४ अगुवा मजदुरलाई प्रोत्साहन रकम प्रदान गरिएको समितिका अध्यक्ष माधव पोखरेलले बताए । “श्रमिक मजदुर भनेपछि सबैले हेयको दृष्टिकोण राख्ने प्रवृत्ति अझै पनि कायमै छ, उनीहरुको पेशालाई मर्यादित र सम्मानित बनाउन प्रोत्साहन रकम प्रदान कार्यक्रम शुरु गर्न थालेका हौँ”, उनले भने।

गत आर्थिक वर्षमा संस्थामा आबद्ध अगुवा मजदुरको नेतृत्वमा ५०५ घर तथा भवनहरुको ढलान भएको थियो । मजदुर पनि सम्मानित हुने अवसर आएकोमा खुशी व्यक्त गर्दै प्रोत्साहन रकमले काममा झन् हौसला बढेको मानबहादुर लामाले बताए ।

“मजदुरलाई हेर्ने दृष्टिकोण नै नराम्रो रहेका बखत यस्ता कार्यक्रमले काममा मनोबल बढ्दै जानेछ”, उनले भने । मजदुरको हकहितका लागि समितिले रु दुई लाखसम्म निःशुल्क दुर्घटना बिमा पनि गरिदिएको छ । रामपुर क्षेत्रमा करीब दुई हजार ५०० को हाराहारीमा श्रमिक मजदुर रहेका छन् । त्यसमध्ये पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिमा एक हजार मजदुर आबद्ध छन् ।

एक घर एक धारा खानेपानी आयोजना सम्पन्न

पाल्पाको पूर्वखोला गाउँपालिका–३ रिङ्नेरहको द्वारीगौँडाको वृत्ताबजारमा एक घर एक धारा खानेपानी आयोजना निर्माण सकिएको छ । यहाँका ४९ घरपरिवारका लागि खानेपानीको सुविधा पु¥याउन एक घर एक धारा कार्यक्रम सञ्चालन गरिएको हो । खानेपानी आयोजना सम्पन्न भई गाउँका घर–घरमा पानी वितरण भएपछि खानेपानी बोक्ने झन्झट हटेको सिर्जना खनालले बताए ।

गोरखा वयरफेयरको रु १९ लाख दुई हजार ५०० र उपभोक्ताबाट रु १८ लाख ९६ हजार ५३७ गरेर जम्मा रु ३७ लाख ९९ हजार ३७ को लागतमा खानेपानी आयोजना सम्पन्न गरिएको हो । दुई सेफ्टीट्याङ्की, सात हजार घनलिटर र चार हजार घनलिटरको ट्याङ्कीमा दुई मूलको पानी जम्मा गरी गाउँमा खानेपानी लगिएको छ ।

एक घर एक धाराको अवधारणासहित निर्माण भएको आयोजनाले सहजरूपमा खानेपानीको सुविधा पुग्ने खानेपानी उपभोक्ता समितिका अध्यक्ष थमकुमारी सारुले बताए । हिउँदयाममा गाउँमा खानेपानीको समस्याले सास्ती खेप्दै आइरहेका यहाँका स्थानीयवासी एक घर एक धारा आयोजना कार्यक्रमबाट दङ्ग छन् ।