७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्ट इण्डिजविरुद्धको ट्वान्टी–२० क्रिकेटमा भारतको अग्रता



अ+ अ-

काठमाडौं । वेष्ट इण्डिजविरुद्धको ट्वान्टी–२० क्रिकेट श्रृङ्खलामा भारतले अग्रता बनाएको छ ।

अमेरिकाको फ्लोरिडामा भएको पहिलो खेलमा भारतले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको हो ।

वेष्ट इण्डिजले दिएको ९६ रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा १७.२ ओभरमा पूरा गर्‍यो ।चोटबाट पुनरागमन गरेका शिखर धवन दोस्रो ओभरमै १ रनको स्कोरमा आउट भएका थिए ।

रोहित शर्माले २५ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन बनाएर आउट भए । कप्तान विराट कोहली र मनिष पाण्डेले समान १९ रनको योगदान गरे ।

त्यस्तै, क्रुणाल पान्ड्याले १२ रन जोडे । रविन्द्र जडेजा १० र वासिंङ्टन सुन्दर ८ रनमा अविजित रहे । बलिङतर्फ वेष्ट इन्डिजका सेन्डोन कोट्रेल, किमो पल र सुनील नारिनले दुई–दुई विकेट लिए ।

फ्लोरिडामा रहेको सेन्ट्रल ब्रोवार्ड रिजनल क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९५ रनको झिनो योगफल खडा गरेको थियो ।

वेष्ट इण्डिजका लागि पुरनले २० र पोलार्डले ४९ रनको योगदान गरे । अन्य सबै ब्याट्सम्यान असफल सावित भए ।

भारतीय टोलीबाट डेब्यू खेलेका नवदीप सैनीले ३ विकेट लिए ।भुवनेश्वर कुमारले पनि २ विकेट झारे । श्रृङ्खला अन्तर्गत भारतले वेष्टइन्डिजसँग ३ ट्वान्टी खेल खेल्नेछ । दोस्रो खेल आज हुनेछ ।