४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वि.पि. कोइराला स्वास्थ्य प्रतिष्ठान धरानका प्रा.डा. रौनियारसहित २ जना विरुद्द मुद्धा दायर



अ+ अ-

काठमाडौं । वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा.राज कुमार रौनियारसहित २ जना विरुद्द मुद्धा दायर गरिएको छ ।

आयोगका प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रा.लि.को सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सुशिल कुमार झासँग पटक पटक कमिसन लिएको उजुरी आयोगमा दर्ता भएको थियो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा घुस रिसवत लिएको भनी अडियो भिडियो सहितको दर्ता भएको थियो ।

उनले आयोगमा अनुसन्धान भइरहेको अवस्थामा उनले भुक्तानी दिनुपर्ने रकमबाट थप ८,००,००० कमिसन बापत घुस रिसवत माग गरेको भन्ने समेतको अर्को उजुरीका आधारमा आयोगबाट खटिई गएको टोलीले रौनियारलाई घुससहित पक्राउ गरेको थियो ।

उनलाई सोही प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा. रामहरी रौनियारलाई आफ्नो निवासमा राख्न पठाइसकेपछिको अवस्थामा निजकै कार्यकक्षमा फेला पारि नियन्त्रणमा लिइएको थियो ।