७ पुष २०८२, सोमबार
,
Latest
प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको ओहायो राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गयो



अ+ अ-

काठमाडौं । अमेरिकाको ओहायो राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गएको छ ।

बन्दुकधारीले डेयटन शहरको एक बार अगाडी गोली चलाउँदा अरु १६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

आइतबार बिहान सवा तीन बजे बन्दुकधारीले जथाभावी गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरी अधिकारीले गोलीकाण्डमा बन्दुकधारीको समेत ज्यान गएको जनाएका छन् । अहिले प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको र त्यस वरपरका मानिसहरुलाई सतर्क रहन आह्वान गरेको छ ।

आक्रमणको उद्देश्यबारे अनुसन्धान भइरहेको बताइएको छ । बन्दुकधारीको पहिचानबारे कुनै विवरण सार्वजनिक भइसकेको छैन ।

ओहायो राज्यको डेयटनमा गोली चल्नु केही घण्टाअघि मात्र टेक्सस राज्यको एल पासो शहरमा बन्दुकधारीले गोली चलाउँदा २० जना मारिएका थिए । एल पासो शहरमा रहेको वालमार्ट स्टोरमा भएको आक्रमणमा संलग्नलाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो ।