४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकांश युवाको रोजाई आफ्नै गृहनगर



अ+ अ-

बेइजिङ । चीनका अधिकांश युवाले जागिरका लागि आफ्नै गृहनगर रोज्ने गरेको पाइएको छ । पछिल्लो एक सर्वेक्षणले गृहनगर रोज्ने युवाको संख्यामा बृद्धि भएको देखाएको चाइना युथ डेलीले लेखेको छ ।

कुल एक हजार ९७३ युवालाई सोधिएकोमा ८७.९ प्रतिशत युवाले आफू आफ्नै गाउँ ठाउँमा काम गर्न चाहेको जवाफ दिएका थिए । उनीहरुमध्ये ५६.५ प्रतिशत युवाले आफ्नो ठाउँको तिब्र विकासका लागि आफ्नै ठाउँ जान चाहेको सर्वेक्षणमा उल्लेख छ ।

चीनको रेन्मीन विश्वविद्यालयका प्राध्यापक लिन छिङ्कीले आफ्नै ठाउँमा काम गर्न पाएका युवामा थप उत्सुकता, सक्रियता र सृजनात्मकता देखिएको बताए ।

त्यसैगरी आफ्ना बृद्ध बुवाआमालाई सहयोग गर्ने उद्देश्यले पनि उनीहरुले आफ्नै गाउँ ठाउँ रोज्ने सर्वेक्षणकर्ताको भनाइ छ ।