११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अमरनाथ यात्रामा जाने तीर्थालुमाथि आतङ्ककारी आक्रमणको खतरा

अमरनाथ यात्रामा जाने तीर्थालुमाथि आतङ्ककारी आक्रमणको खतरा
अ अ+ अ-

काठमाडौं । भारत प्रशासित कस्मिरमा केही दिनयता सन्त्रास फैलिएको छ। सरकारले कस्मिर पुगेका पर्यटक र अमरनाथ जान लागेका तीर्थयात्रीलाई सूचना (एडभाइजरी) जारी गर्दै जतिसक्दो चाँडो कस्मिर छोड्न भनेको छ।

अधिकारीहरूले सुरक्षासम्बन्धी चेतावनी जारी गरेपछि हजारौँको सङ्ख्यामा हिन्दू तीर्थयात्री र पर्यटकले भारत प्रशासित कश्मीर छाडिरहेका छन् ।अधिकारीहरूले पाकिस्तानद्वारा संरक्षित आतङ्कवादीहरूुले वर्षको एउटा समयमा मात्र जान पाइने प्रसिद्ध तीर्थस्थल अमरनाथतिर गइरहेका तीर्थयात्रीहरूलाई आक्रमण गर्ने योजना बनाएको दाबी गरेका छन् ।

शुक्रबार सरकारले एडभाइजरी जारी गरेपछि शनिबार झन्डै १० हजार पर्यटक र तीर्थयात्रीले कस्मिर छोडेका छन्। पर्यटकमात्र होइन विद्यार्थी र क्रिकेटरलाई पनि कस्मिर छोड्न भनिएको छ। भारतका अलराउन्डर इरफान पठान कस्मिरमा थिए। उनीसहित क्याम्पमा रहेका १०० जना क्रिकेटर पनि कस्मिर छोड्दैछन्।कस्मिरमा पछिल्ला केही दिनयता हजारौं सुरक्षाकर्मी थपिएको छ।

के हुन लागेको भन्ने अनिश्चितता यति छ कि स्थानीय मानिसहरू दैनिक उपभोग्य सामानको भण्डारण गर्न लागेका छन्। अब एक दुई महिना कस्मिर बन्द हुन्छ भन्ने ठानेर उनीहरू गाडीमा मात्र होइन प्लास्टिकका बोतलमा पनि पेट्रोल भरेर राखिरहेका छन्। किराना पसलदेखि एटिएम कार्डमा लाइन लागेको छ।

प्रतिपक्षी भारतीय कंग्रेसका स्थानीय नेता गुलाम अलि आजादले बिबिसी हिन्दीसँग कुरा गर्दै अहिले अवस्थाले कार्गिल युद्धको याद दिलाएको बताएका छन्।

तर यो सब किन भइरहेको छ भन्नेबारे न त स्थानीय सरकारले जानकारी दिएको छ न त नयाँदिल्लीको केन्द्र सरकार नै बोलेको छ।

भारतीय व्याख्याअनुसार कस्मिरको केरन क्षेत्रमा पाकिस्तानी बोर्डर एक्सन टिमले आक्रमण गर्न लागेका थिए। भारतले जवाफी कारबाही गर्दा एक जना चार वर्षीय बालकसहित २ जनाको मृत्यु भएको र ११ जना नागरिक घाइते भएको पाकिस्तानी सेनाको दाबी छ।

उनीहरूको शव अहिले भारततिर भएकाले सेतो झन्डा देखाउँदै आएर शव लैजान भनिएको समाचारमा उल्लेख छ।पाकिस्तानले भने भारतीय पक्षको ब्याख्यालाई खण्डन गरेको छ।

अमरनाथमा हरेक वर्ष ४५ दिने तीर्थयात्रा हुन्छ । समाचारसंस्था एपीका अनुसार गत जुलाई १ तारिखबाट सुरु भएको उक्त तीर्थयात्राका क्रममा हालसम्म झन्डै तीन लाख जना अमरनाथ पुगिसकेका छन् । अमरनाथ कश्मीरको उच्च हिमाली क्षेत्रमा रहेको एउटा गुफा हो ।