११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रणनीतिक महत्वको त्रिशूली थ्री बी सवस्टेशन : लोभलाग्दो प्रगति

रणनीतिक महत्वको त्रिशूली थ्री बी सवस्टेशन : लोभलाग्दो प्रगति
अ अ+ अ-

काठमाडौं । तोकिएको समयमा काम नहुने रोगबाट व्याप्त छ नेपाल । साना, मझौला तथा ठूला आयोजना त्यसैको मारमा परेका छन् । निर्माण व्यवसायीको अनेकन बहाना, स्थानीयवासीको अवरोध तथा अन्य प्राविधिक र प्रशासनिक झन्झटका कारण पनि परियोजनामा ढिलाइ हुँदै आएको छ ।

प्राकृतिक विपत्ति तथा अन्य कारण पनि आयोजनाको ढिलाइका कारण बन्दै आएका छन् । त्यस्ता कारणले गर्दा सरकारको अपेक्षासमेत पूरा नहुने र समय र लागत बढ्दा पर्ने नकारात्मक प्रभावले दीर्घकालीनरुपमा नै असर पर्ने गरेको छ । त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करीब ६०० मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि सहायक सिद्ध मानिएको एक आयोजनाको निर्माण प्रगति भने लोभलाग्दो रहेको छ ।

निर्माणाधीन त्रिशूली ३ बी सव स्टेशनको निर्माण शुरु भएको धेरै समय भएको छैन । गत चैतदेखि शुरु भएको सो आयोजनाको हाल ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । समयमा काम नहुने संस्कारबाट बाहिर निस्केर आयोजना युद्धस्तरमा अगाडि बढेको छ । समयमै काम हुँदैन, सधैँ अवरोध मात्र हुन्छ भन्ने नकारात्मक सोचलाई समेत आयोजनाले गलत सावित गरिदिएको छ ।

पछिल्लो विवरणअनुसार माथिल्लो त्रिशूली थ्री बी हब सवस्टेशनको ट्रान्सफर्मर रहने स्थानको जग हालिएको छ भने ‘कन्ट्रोल विल्डिङ’ बनाउन शुरु भएको छ । त्रिशूली नदी किनारमा सबस्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । सबस्टेसनमा प्रयोग हुने उपकरणको उत्पादन भइरहेको र आगामी डेढ महीनाभित्रमा आयोजना स्थलमा आइपुग्नेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ गाउँपालिका–५ पहिरेबेंसीमा निर्माणाधीन सबस्टेसनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको आयोजना प्रमुख थर्कबहादुर थापाले बताए ।

“भौतिक प्रगति एकदमै राम्रो छ, हामीले समयभित्रै काम सम्पन्न गर्ने गरी नै काम गरिरहेका छौँ”, आयोजना प्रमुख थापाको भनार्इ छ । प्रसारण लाइन र सवस्टेसननको अभावमा जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणसमेत लगानी रहेका आयोजनाको विद्युत् खेर जाने अवस्था आउने पो हो कि भन्ने चिन्ता बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनमा घिसिङले आयोजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको हो ।

निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग कार्यकारी निर्देशक घिसिङले छलफल गर्नुभएको थियो । निर्माण कार्यको नियमित अनुगमन गर्ने बताउँदै उहाँले निर्माण कार्यमा जनशक्ति थप्न ठेकेदार कम्पनीलाई समेत आग्रह गरे ।

“यो सवस्टेसन एक वर्षभित्रमा बनाउन सकिएन भने चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन आयोजनाको १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी विद्युत् खेर फाल्नुपर्ने अवस्था आउन सक्छ, यस्तो अवस्था आएमा प्राधिकरणले ती आयोजनालाई करोडौँ रुपैयाँ पेनाल्टी तिर्नु पर्छ”, कार्यकारी निर्देशक घिसिङले भने ।

“निर्माणका क्रममा आउन सक्ने सामाजिक, वित्तीयलगायतका समस्याको गाँठो फुकाइदिन्छौँ, यस्तो संवेदनशील आयोजनाको काम निर्धारित समयमा सकिन्छ भनेर मात्रै हुँदैन, सबै पक्ष गम्भीर भई निर्माणलाई तीव्रता दिनुपर्छ”, घिसिङको जोड छ । उक्त सवस्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

गत जेठमा केही स्थानीयवासीले नियतबस विभिन्न माग राखी सवस्टेशन निर्माणमा अवरोध गरेका थिए । नाजायज माग राखी अवरोध गरेपछि आक्रोसित भएका घिसिङले निर्माणस्थलमा जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अवरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए। स्थानीयको जायज माग पूरा गर्न आयोजना सधैँ तयार रहेको उल्लेख गर्दै नियतबस काम रोक्नेलाई नछोड्ने चेतावनीसमेत दिएका थिए ।

सवस्टेसन मात्रै नभएर त्यस क्षेत्रमा निर्माण भइरहेको अन्य प्रसारण लाइन निर्माणमा समेत स्थानीयले सहयोग गरेको आयोजना प्रमुख थापाले जानकारी दिए । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैंक, युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण रहेको छ । आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ ।

लय समात्दै चिलिमे–त्रिशूली प्रसारण

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । आयोजनाले रसुवाको चिलिमेदेखि त्रिशूली ३ बी २२० केभी हबसम्म २७ किलोमिटर प्रसारण लाइन र चिलिमेमा सवस्टेसन निर्माण गरिरहेको छ । आयोजनाको सर्वे र डिजाइन सकिएको छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन, १४.८ मेगावाटको माथिल्लो साञ्जेन यही प्रसारण लाइनमा जोडिनेछ । आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर ‘डबल सर्किट’ र मैलुङबाट त्रिशूली ३ बी हबसम्म आठ किलोमिटरमा भने चार वटा सर्किट रहने गरी प्रसारण लाइन निर्माण गर्नेछ ।

सो प्रसारण लाइनका ८० टावरमध्ये १५ वटाको जग हाल्नका लागि खाल्डो खनिएको आयोजना प्रमुख केदार सिलवालले बताए । भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्नेछ, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुङ्गा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने अवस्था रहेको उनको भनार्इ छ ।

सो प्रसारण लाइनको आगामी फागुनको दोस्रो साताभित्र र चिलिमे हब सवस्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र सक्ने लक्ष्य राखिएको छ । त्रिशूली ३ बी हब सवस्टेसन र चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङ्गाओ हो ।

कूल तीन करोड ५० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार, जर्मन विकास बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकको लगानी छ ।