११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

संसदीय समितिमा बोल्दाबोल्दै नेपाल र मन्त्री भट्टराई यसरी रोए

संसदीय समितिमा बोल्दाबोल्दै नेपाल र मन्त्री  भट्टराई यसरी रोए
अ अ+ अ-

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई मन्त्री भएपछि पहिलो पटक प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित भए ।

समितिमा सांसदहरुले बधाइ दिइसकेपछि बोल्ने क्रममा उनी भावुक बने । उनको गला अवरुद्ध भयो ।सिंहदरवारस्थित संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त योगेश भट्टराई स्वागत कार्यक्रम राखेको थियो । कार्यक्रममा सहभागि हुन नेता नेपालसहित समितिका प्राय सबै सदस्यहरु उपस्थित भएका थिए । बैठकमा नेता नेपालले नवनियुक्त मन्त्री भट्टराई मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निभाउन सुझाव दिएका थिए ।

त्यसपछि उनले २०४३ सालको घट्ना स्मरण गर्दै आफु मृत्युको मुखमा पुगेको बेला नेता नेपालको एक स्पर्शले आफुलाई बाच्ने शक्ति प्रदान गरेको स्मरण गरे । त्यसपछि बैठकको माहोल फेरियो ।

२०४३ सालमा आफू गम्भीर विरामी भएर ६० दिन त्रिवि शिक्षण अस्पतालमा बसेको स्मरण गर्दा भट्टराई भावुक बनेका थिए । त्यसबेला डाक्टरले नै माया मारिसकेको तर, आफू निको फर्कन सफल भएको उनले बताए । अस्पतालमा रहँदा पुर्वप्रधानमन्त्री नेपाल आएर सुम्सुम्याएको बताउँदा उनको गला अवरुद्ध भयो ।

भट्टराईले भने– ‘खाने बस्ने ठेगान थिएन, एक्कासी विरामी भएछु । बिरामी भएपछि टिचिङ अस्पतालमा भर्ना भएँ । ६० दिन अस्पताल बसे । डाक्टरले म बाँच्ने आस मारिसकेका थिए ।’

त्यही बेला उहाँ (नेपाल) मलाई भेट्न अस्पताल आउनुभयो र उहाँको एक स्पर्शले नै मलाई बाच्ने शक्ति प्राप्त भयो’ भावुक हुँदै योगेशले सुनाए । योगेशले भावुक हुँदै विगत सुनाएपछि माधव नेपालका आँखा रसाए । सबैले नेता नेपालको अनुहार हेरे । नेता नेपालका आँखा रसाएपछि मन्त्री भट्टराइको पनि गला अबरुद्ध हुन पुग्यो ।

त्यसअघि बोलेका पूर्व प्रधानमन्त्री नेपालले भट्टराईलाई पर्यटन मन्त्रालयले गर्नुपने कामबारे सुझाव दिएका थिए ।पूर्वप्रधानमन्त्रीका सुझाव आफ्ना लागि मार्गदर्शन हुने भट्टराईले उल्लेख गरे ।