३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

उपकुलपति बन्न दौडधुप

उपकुलपति बन्न दौडधुप
अ+ अ-

काठमाडौँ । भदौ ५ मा सातवटा विश्वविद्यालयका उपकुलपतिको पदावधि सकिँदै छ । प्राध्यापकहरू भने पदाधिकारीको म्याद नसकिँदै उपकुलपति बन्ने दौडधुपमा छन् । केही उपकुलपतिले दोहोरिने चाहना राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेकपाका प्रभावशाली नेतासँग ‘च्यानल मिलाइसकेकाहरू’ भने बाहिर देखिन चाहेका छैनन् ।

त्रिभुवन विश्वविद्यालय(त्रिवि), नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि), पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीको कार्यावधि केही दिन मात्र बाँकी छ ।
सरकारले त्रिविमा उपकुलपति चुन्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । ‘प्रधानमन्त्रीज्यू उपचारबाट फर्किएलगत्तै बाँकी विश्वविद्यालयको पनि सिफारिस समिति गठन हुनेछ,’ प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने ।

सिफारिस समिति गठन नहुँदै प्रधानमन्त्री ओली निकट समूहले उपकुलपतिका निम्ति सम्भावित प्राध्यापकको नाम अघि सारेका छन् । यसमा राजेन्द्रध्वज जोशी, गणेशमान गुरुङ, खडग केसी, डिल्लीराम उप्रेती, अरुण सायमी, सुधा त्रिपाठी र उपेन्द्र कोइरालाको नाम चर्चामा छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका दुई धारले यी नाम प्रस्ताव गरेका हुन् ।

जोशी त्रिवि इन्जिनियरिङ अध्ययन संस्थाका पूर्वडिन र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको मस्यौदा कमिटीका अध्यक्ष हुन् । ‘जोशी सरले सम्भवतः मदन भण्डारी विश्वविद्यालयकै नेतृत्व दिनुहुन्छ भन्ने हाम्रो ठहर छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

गुरुङ समाजशास्त्री तथा पूर्वसभासद हुन् । उनी यसअघि लोकसेवा आयोगका सदस्य र विश्वविद्यालय अनुदान आयोगका अध्यक्षसमेत भइसकेका छन् । ‘समावेशी हिसाबले गुरुङ सर पर्न सक्नुहुन्छ । किनभने उहाँसँग धेरैतिरको प्रशासनिक अनुभव छ,’ एक प्राध्यापकले भने । हालै मात्र प्राध्यापकमा बढुवा भएका केसी त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका संयोजक हुन् । त्यसैगरी उप्रेती त्रिविका बहालवाला रजिस्ट्रार हुन् ।

यसअघि उनी प्रगतिशील प्राध्यापक संगठनको महासचिव थिए । सायमी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन हुन् । त्रिपाठी त्रिविका बहालवाला शिक्षाध्यक्ष हुन् । उनलाई महिलाका तर्फबाट उपकुलपतिका निम्ति प्रस्ताव गरिएको छ । यसअघि पहिलो महिला उपकुलपतिका रूपमा नियुक्त सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति भूषण श्रेष्ठ हुन् । उनको पदावधि आगामी भदौ ५ गते सकिँदै छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइराला फेरि उपकुलपति बन्ने दौडमा छन् । कार्यकाल सकिन लाग्दा बिदा मनाउन अमेरिका गएका उनी फेरि पनि कुनै एक विश्वविद्यालयमा उपकुलपति बन्न चाहेको उनी निकट स्रोतको भनाइ छ । ‘प्रशासनिक अनुभवले उहाँ पोख्त हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘त्यसैले उहाँ सकेसम्म त्रिविकै नेतृत्व लिन तयार हुनुहुन्छ ।’

तत्कालीन एमालेमा पकड रहेका कारण कोइरालाले राजनीतिक नियुक्तिमा अवसर पाउँदै आएका छन् । उनी उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धीसमेत हुन् । कोइराला उपकुलपति बन्नुअघि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् उपाध्यक्ष थिए । त्यसअघि नेपाल आयल निगमका महाप्रबन्धक रहेका उनी खाद्य संस्थानका अध्यक्षसमेत थिए । परिषद् उपाध्यक्ष रहँदा उनी उत्तरपुस्तिका छपाइ विवादमा मुछिएका थिए ।

विश्वविद्यालय पदाधिकारी नियुक्ति मापदण्ड निर्धारण कार्यदलले सम्भाव्य उम्मेदवारको खोजी गर्न छुट्टै विज्ञ समिति गठन गरी कार्ययोजना मूल्यांकन गराउनुपर्छ । निर्धारित योग्यता पुगेका र इच्छुक प्राध्यापकबाट उपकुलपति पदमा एक कार्य अवधिको कार्ययोजनासहित विद्युतीय सञ्चारमाध्यमबाट पेस गर्न माग गर्नुपर्छ ।

समितिले विज्ञहरूको कार्यदल निर्माण एवं मूल्यांकन गरी उत्कृष्ट तीन जनाको नाम सहकुलपतिमार्फत कुलपतिसमक्ष पेस गर्नुपर्छ । उपकुलपतिका लागि विद्यावारिधि, स्नातकोत्तर वा सोसरहको उपाधि प्राप्त गरेको विश्वविद्यालयको प्राध्यापक हुनुपर्छ । शैक्षिक प्रशासनमा अनुभव प्राप्त, उपकुलपति पदको निर्धारित कार्यकाल समाप्त हुने बेला ६५ वर्ष उमेर पूरा नभएको र प्राध्यापन, अनुसन्धान तथा व्यवस्थापनका क्षेत्रमा उत्कृष्ट उम्मेदवार आवश्यक हुन्छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।