३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

राँचीमा नेपाल हाउस

राँचीमा नेपाल हाउस
अ+ अ-

भारत । यताउति गरिरहेका मानिसले नेपाली बोलिरहेका छन् । नजिकै छन्, गोर्खा सहिदको स्मृतिमा बनेको स्मारक र राजारानी कोठी । यही क्षेत्रको एउटा ठूलो भवनमा लेखिएको छ, ‘नेपाल हाउस’ ।

यत्तिलाई मात्र आधार बनाउनुभयो भने तपाईंले यो नेपालकै कुनै एउटा ठाउँ हो भन्न सक्नुहुन्छ । नझुक्किनुस्, यो भारतको झारखण्ड राज्य हो । प्रदेशका मुख्य मन्त्रालयहरू रहेको भवनलाई यहाँ ‘झारखण्ड मन्त्रालय, नेपाल हाउस’ को नाउँ दिइएको छ ।

विश्वका कुनाकाप्चामा नेपाली भेटिनु नौलो होइन । नेपालीको संख्या धेरै भएको क्षेत्रमा आफ्नो देशको पहिचान दिलाउन उनीहरूले ‘नेपाल हाउस’ बनाउने गरेका छन् । झारखण्डस्थित ‘नेपाल हाउस’ को विशेषता भने छुट्टै छ । झारखण्डको राजधानी राँचीको मध्यभागमा निर्मित यो हाउसले सुशासन र समृद्धिको योजना बनाउने क्षेत्रको परिचय बनाएको छ । यो हाउस ऐतिहासिक छँदै छ, यसले नेपाली मूलका बासिन्दाको समृद्धि र सानलाई पनि प्रतिनिधित्व गरेको छ ।

नेपाल हाउसको परिचय एउटा घरमा मात्र सीमित छैन । करिब ३ किलोमिटर क्षेत्रमा फैलिएको डोरन्डाको बीच भाग नै नेपाल हाउस नामले परिचित छ । डेढ सय वर्षअघिदेखि नै नेपालीहरूको बसोवास रहेको यो क्षेत्रमा २० हजारभन्दा बढी घर नेपालीका छन् ।

‘जति पनि ठूला र व्यवस्थित घर देखिन्छन्, ती सबै नेपालीका हुन्,’ स्कुटरमा भेटिएका शिवकुमार लिम्बूले भने, ‘प्रहरीदेखि विभिन्न सरकारी कार्यालय र व्यापार व्यवसायमा पनि नेपालीको पहुँच लोभलाग्दो छ ।’ डोरन्डासहित राँचीका विभिन्न क्षेत्रमा १ लाखको हाराहारीमा नेपाली मूलका बासिन्दा छन् ।

सन् १८८० मा तत्कालीन भारत सरकारले २ सय २२ नेपाली युवालाई सामूहिक रूपमा प्रहरीमा भर्ती गराएको थियो । त्यसपछि यो क्रम जारी छ । भीआईपीदेखि महत्त्वपूर्ण कार्यालयको सुरक्षा नेपालीलाई दिइयो । यही कारण पनि राँची सहरको मुख्य भागमा नेपाली भाषीको पकड बढ्दै गएको लिम्बू बताउँछन् ।

राणाशासन र शाह परिवारको इतिहास जोडिएको यो स्थानलाई भारत सरकारले सदीयौंदेखि नेपाल हाउसको सम्मान दिएको हो । त्यति बेला भारतीय प्रहरीमा सामूहिक रूपमा नेपाली युवालाई प्रवेश दिइएपछि त्यो बटालियनको नाम राखिएको थियो, गोर्खा मिलिट्री पुलिस । झारखण्ड र बिहार अलग हुनुअघि बिहार मिलिट्री पुलिस थियो ।

सन् २००१ मा बिहारबाट अलग भएपछि झारखण्ड मेलिट्री पुलिसमा नेपाली मूलका युवाको भिन्न दस्ता छ । उति बेला बिहारको राजधानी पटना र राँचीमा गोर्खा मिलिट्री पुलिसको नाममा छुट्टाछुट्टै प्रहरी युनिट थिए । अहिले पनि मुख्यमन्त्रीदेखि, मन्त्री र उच्च पदस्थ अधिकारीको सुरक्षा जिम्मा ‘गोर्खा’ लाई नै दिने गरिएको स्थानीय पत्रकार मनोज कुमारले बताए ।

‘यहाँ गोर्खालीको यति धेरै वैभव र सान छ, जो स्थानीयभन्दा माथि मानिन्छन्,’ उनले भने, ‘नेपाली बस्ती भएको एरिया मुस्लिमको बाहुल्य भएको स्थान हो । अरूतिर धार्मिक दंगा भएका होलान् । यो क्षेत्रमा गोर्खाहरूले यति राम्रो अनुशासन कायम गरेका छन् कि कहिल्यै धार्मिक द्वेष र झगडा भएको इतिहास छैन ।’

नेपालमा राणाहरूले सत्ता हात लिएपछि राजपरिवार रराणाका कतिपय सदस्य भागेर यहाँ आएको स्थानीय सुरेनकुमार तामाङले बताए । ‘यहाँका तत्कालीन राजा सेतु महाराजसँग सम्धीको नाता भएका कारण यो क्षेत्रको जमिन उनीहरूलाई प्रदान गरियो,’ उनले भने, ‘त्यही बेलादेखि यो क्षेत्रको नाम नेपाल हाउस रहेको हो ।’

यही क्षेत्रमा रहेको राजारानी कोठी १९५२ मा निर्माण गरिएको हो । पछि राजाहरूले यहाँको सबै सम्पत्ति बेचेर कोलकाता गएपछि अहिले कोठी अरूकै स्वामित्वमा रहेको लिम्बूले जानकारी दिए । अहिले कोठी क्षेत्रमा भारतीय सुरक्षा एजेन्सीको कार्यालय छ । तर राजारानी कोठी लेखिएको सानो स्तम्भ जस्ताको तस्तै छ ।

पहिले नेपालकी रानीको नाममा ‘कमलादेवी स्कुल’ राखिएको थियो । अहिले त्यो स्कुललाई सेठ सीताराम स्कुलका नाममा सञ्चालन गरिएको छ । यहाँका बासिन्दाले नेपाली भाषा भुलेका छैनन् । चाडपर्व पनि नेपाली परम्पराअनुसारका मनाउँछन् ।

‘दसैं, तिहार, ल्होसारलगायत पर्व नेपालमा जस्तै गरेर मनाउँछौं,’ नेपाल हाउसमा भेटिएकी समीक्षा क्षेत्रीले भनिन्, ‘झारखण्डका विभिन्न क्षेत्रमा नेपाली मूलका बासिन्दा छन् । यहाँ ठूलो बस्ती भएकाले नेपाली संस्कृति र भाषालाई राम्ररी जगेर्नागरिएको छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।