७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइयो



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि सरेको छ ।

सोमबार (आज) बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेको लागि सारिएको हो । संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञाप्तीमा अबरुद्ध रहेको सदन सुचारु गर्न दलहरुसँग छलफल जारी रहेकाले बैठक सारिएको बताइएको छ ।

यसअघि विहीबारका लागि बोलाइएको संसद बैठक पनि अबरुद्ध भएको थियो । प्रमुख प्रतिपक्ष कांग्रेस र राजपाले सर्लाहीमा भएका दुई घटना (कुमार पौडेल हत्या र सरोजनारायण सिंहको ) बारे संसदीय छानविन समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राख्दै गत असार २४ गतेदेखि बैठक अवरुद्ध गर्दै आएका छन् ।

अवरुद्ध संसद बैठक खुलाउन सभामुख कृष्णबहादुर महराले गत साउन १६ गते बिहीबार बोलाएको सर्वदलीय बैठकमा समेत सहमति नजुटेपछि सूचना टाँसेर साउन २० गते सोमबारसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

त्यसपछि प्रतिपक्षलाई मनाउन सक्रिय बनेका सभामुख महराले शनिबार र आइतबार छुट्टाछुट्टै छलफल गरेका थिए। शनिबार टेलिफोनबाट प्रमुख प्रतिपक्ष दलका नेताहरुसँग कुरा गरेका महराले आईतबार आफ्नै कार्यकक्ष सिंहदरवारमा उनीहरुलाई भेटेर अवरुद्ध संसद खुलाउन छलफल गरेका थिए ।

नेत्रविक्रम चन्द विप्लव समूहका नेता पौडेलको असार ५ गते प्रहरीको गोली लागि मृत्यु भएको थियो भने सिंहको क्रसर उद्योगले खनेको खाल्डोमा डुवेर बालकको ज्यान गएको विरोधमा भएको प्रदर्शनका क्रममा भएको झडपमा ज्यान गएको थियो । तर, सत्तापक्ष सर्लाही घटना स्थानीयस्तरमा मिलिसकेकाले संसदीय छानवन समिति आवाश्यक नभएको भन्दै समिति गठनको विपक्षमा उभिदै आएको छ ।