११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइयो

प्रतिनिधि सभाको बैठक  दिउँसो १  बजेका लागि बोलाइयो
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि सरेको छ ।

सोमबार (आज) बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेको लागि सारिएको हो । संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञाप्तीमा अबरुद्ध रहेको सदन सुचारु गर्न दलहरुसँग छलफल जारी रहेकाले बैठक सारिएको बताइएको छ ।

यसअघि विहीबारका लागि बोलाइएको संसद बैठक पनि अबरुद्ध भएको थियो । प्रमुख प्रतिपक्ष कांग्रेस र राजपाले सर्लाहीमा भएका दुई घटना (कुमार पौडेल हत्या र सरोजनारायण सिंहको ) बारे संसदीय छानविन समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राख्दै गत असार २४ गतेदेखि बैठक अवरुद्ध गर्दै आएका छन् ।

अवरुद्ध संसद बैठक खुलाउन सभामुख कृष्णबहादुर महराले गत साउन १६ गते बिहीबार बोलाएको सर्वदलीय बैठकमा समेत सहमति नजुटेपछि सूचना टाँसेर साउन २० गते सोमबारसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

त्यसपछि प्रतिपक्षलाई मनाउन सक्रिय बनेका सभामुख महराले शनिबार र आइतबार छुट्टाछुट्टै छलफल गरेका थिए। शनिबार टेलिफोनबाट प्रमुख प्रतिपक्ष दलका नेताहरुसँग कुरा गरेका महराले आईतबार आफ्नै कार्यकक्ष सिंहदरवारमा उनीहरुलाई भेटेर अवरुद्ध संसद खुलाउन छलफल गरेका थिए ।

नेत्रविक्रम चन्द विप्लव समूहका नेता पौडेलको असार ५ गते प्रहरीको गोली लागि मृत्यु भएको थियो भने सिंहको क्रसर उद्योगले खनेको खाल्डोमा डुवेर बालकको ज्यान गएको विरोधमा भएको प्रदर्शनका क्रममा भएको झडपमा ज्यान गएको थियो । तर, सत्तापक्ष सर्लाही घटना स्थानीयस्तरमा मिलिसकेकाले संसदीय छानवन समिति आवाश्यक नभएको भन्दै समिति गठनको विपक्षमा उभिदै आएको छ ।