२० भाद्र २०८३, शनिबार
,
Latest
उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी, किन्न आउने भन्दा बिक्री गर्ने ग्राहक बढे



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी छ । सोमबार पनि सुन ईतिहासकै उच्च मूल्यमा कारोबार हुँदैछ ।

नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ ।यता तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ ।

आइबतार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेर ६६ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबारका लागि लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको सबै भन्दा उच्च बिन्दु हो ।

अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको कारोबारीहरु बताउछन् ।

मूल्य आकासिएपछि पुराना सुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसयीहरुले बताए ।