९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी, किन्न आउने भन्दा बिक्री गर्ने ग्राहक बढे



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी छ । सोमबार पनि सुन ईतिहासकै उच्च मूल्यमा कारोबार हुँदैछ ।

नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ ।यता तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ ।

आइबतार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेर ६६ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबारका लागि लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको सबै भन्दा उच्च बिन्दु हो ।

अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको कारोबारीहरु बताउछन् ।

मूल्य आकासिएपछि पुराना सुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसयीहरुले बताए ।