११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बाढी पहिरोबाट २६४ घर र ८५० मिटर पक्की सडक पूर्ण क्षति

बाढी पहिरोबाट २६४ घर र ८५० मिटर पक्की सडक पूर्ण क्षति
अ अ+ अ-

बनेपा । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई सय ६४ घर पूर्णरूपमा क्षति हुनुका साथै आठ सय ५० मिटर पक्की सडक क्षति भएको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३ वटा नै स्थानीय तहमा भएको क्षतिको विवरण सङ्कलन गरी प्रदेश ३ सरकारसमक्ष पेश गरिएको विवरणमा मानवीय क्षतिका साथै भौतिक क्षतिको विवरण पेश गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

अविरल वर्षाका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सहायक प्रमुख जिल्ला अधिकारीले स्थानीय तहहरुलाई पत्राचार गरेको साढे दुई हप्ता बितिसकेको भएपनि अझै यथार्थ विवरण भने नबुझाएको प्रमुख जिल्ला अधिकारी मगरले बताए । “अझै पनि केही स्थानीय तहबाहेक अझैसम्म पनि विवरण प्राप्त भएको छैन”, उनलृे भने, “हामीले त्यसरी पत्राचार गर्दासमेत विवरण नबुझाएपछि जिल्ला समन्वय समितिमार्फत सो विवरण सङ्कलन गर्न अनुरोध गरेका छौँ ।”

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो अवस्थामा सङ्कलन गरेको विवरणमा अविरल वर्षाका कारण जिल्लामा बनेपा नगरपालिकामा दुई र रोशी गाउँपालिकामा एक गरी तीन जनाको मृत्यु भएको र दुई घाइते भएको उल्लेख छ । त्यस्तै घर पूर्ण क्षति भएको मध्ये सबैभन्दा बढी महाभारत गाउँपालिकामा ४७, खानीखोला गाउँपालिकामा ४३ र सबैभन्दा कम धुलिखेल नगरपालिकामा एक घर पूर्णरूपमा क्षति भएको छ ।

त्यस्तै तेमाल गाउँपालिकामा ४१, रोशी गाउँपालिकामा ३०, पनौती नगरपालिकामा ३०, बेथानचोक गाउँपालिकामा २८, चौरीदेउराली गाउँपालिकामा ११ र नमोबुद्ध नगरपालिकामा १० घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै जिल्लाभरिमा एक हजार २४१ वटा घर आंशिक क्षति भएको विवरणमा उल्लेख छ ।

सबैभन्दा बढी रोशी गाउँपालिकामा पाँच सय घर, नमोबुद्ध नगरपालिकामा १ सय ५० घर, चौरीदेउराली गाउँपालिकामा एक सय घर, बनेपा नगरपालिकामा एक सय ३० घर र महाभारत गाउँपालिकामा ९५ घरमा आंशिकरूपमा क्षति भएको छ । सबैभन्दा कम भूम्लु गाउँपालिकामा पाँच घरमा आंशिक क्षति भएको छ ।

त्यस्तै जिल्लाभरिमा एक सय ८२ वटा गोठ पूर्णरूपमा क्षति भएको छ भने दई सय ६२ वटा गोठ आंशिक क्षति भएको छ । सार्वजनिक संरचना९विद्यालय, स्वास्थ्य चौकी, सरकारी भवन० गरी ९४ वटा भवनमा क्षति पुगेको जनाइएको छ ।

सडक सञ्जालमा विभिन्न स्थानीय तहका गरी ८ सय ५० मिटर पक्की सडक क्षति भएको छ । रोशी गाउँपालिकाको विपी राजमार्गका विभिन्न स्थानमा गरी दुई सय ६० मिटर, धुलिखेल नगरपालिकामा पाँच सय २० मिटर, बनेपा नगरपालिकामा ३७ मिटर, पनौती नगरपालिकामा २० मिटर र पाँचखाल नगरपालिकामा १३ मिटर सडक बाढी पहिरोका कारण क्षति भएको जनाइएको छ ।

त्यस्तै कच्ची सडकतर्फ तेमाल गाउँपालिकामा सात किलोमिटर, महाभारत गाउँपालिकामा चार किलोमिटर, नमोबुद्ध नगरपालिकामा पाँच किलोमिटर र खानीखोला गाउँपालिकामा दुई किलोमिटर सडक क्षति भएको छ । अन्य गाउँपालिका र नगरपालिकाहरूमा गरी कुल ४३ किलोमिटर कच्ची सडक क्षति भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।

वर्षाका कारण जिल्लामा ४१ वटा पशु चौपायको मृत्यु हुनका साथै एक सय ६ वटा पशु चौपाया घाइते भएको समितिले जनाएको छ ।