९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायव सुब्बा र खरिदार अख्तियारको फन्दामा



अ+ अ-

काठमाडौं । मालपोत कार्यालय, टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई अख्तियारको विशेष टोलीले आइतबार घुससहित रंगेहात पक्राउ गरेको छ ।

लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकाकाका सेवाग्राहीको हराएको लालपुर्जा वितरणका लागि लिएको ८ हजार घुस सहित कुँबर र खरिदार पाण्डेलाई नियन्त्रणमा लिएको प्रवक्ता कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् ।