२० भाद्र २०८३, शनिबार
,
Latest
उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तान हवाई कारबाहीमा सोह्र लडाकूको मृत्यु



अ+ अ-

काबुल । अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो पटक भएका हवाई कारबाहीमा परी कम्तीमा १६ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाको विशेष कमाण्डले सोमबार दिएको जानकारीअनुसार अफगानिस्तानका विभिन्न क्षेत्रमा यो हवाई कारबाही भएको थियो ।

गएको २४ घन्टा यताका ती कारबाही अफगानिस्तानको सेनाले गरेको थियो । ती हवाई कारबाहीहरु उरुजगान, घानी, पाक्टिया र फर्याब प्रान्तमा भएको थियो । अफगान राष्ट्रिय सेनाको विशेष कमाण्डले सोमबार प्रेस विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराएको हो ।

कारबाहीका क्रममा अरु केही लडाकू घाइते पनि भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
अफगानिस्तानका ३४ ओटै प्रान्तका प्रान्तीय राजधानीहरुमा अफगानिस्तानको विशेष सैन्य समूह रहेको छ ।

तर पनि अफगानिस्तानका कैयौँ ग्रामीण क्षेत्रहरु भने तालिबानले कब्जा गरेका छन् । यो पछिल्लो कारबाहीका बारेमा तालिबानहरुका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।