७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कायरोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु



अ+ अ-

कायरो । इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भएको बताएका छन् ।

उक्त घटनामा घाइते भएका अरु तीन जनाको अवस्था नाजूक रहेको छ । दुर्घटनास्थलमा अरु पनि कारहरु जलेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।