२० भाद्र २०८३, शनिबार
,
Latest
उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल पासो गोलीकाण्ड आतंकवादी कार्य हो – मेक्सिकाली विदेशमन्त्री



अ+ अ-

मेक्सिको । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकाको एल पासोमा भएको गोलीकाण्डलाई मेक्सिकोका नागरिकले आतंकवादी कार्यका रुपमा लिएको बताएको छ ।

उनले एल पासो गोलीकाण्डमा केही मेक्सिकाली नागरिकको पनि मृत्यु भएकाले गोली चलाउने व्यक्तिलाई मेक्सिको सुपुर्दगी गर्न अमेरिका समक्ष आग्रह गरिने जानकारी दिएका छन् ।

अमेरिकाको टेक्सासस्थित एल पासोको एक वाल्मार्ट सपिङ मलमा शनिबार एक व्यक्तिले गोली चलाउँदा २० जनाको मृत्यु भएको थियो । मारिएका व्यक्तिमध्ये सात जना मेक्सिकाली मूलका व्यक्तिहरु परेका थिए ।

मेक्सिकोका महान्यायाधीवक्ताले गोली चलाउने व्यक्तिलाई सुपुर्दगी गराउने विषयमा सम्भावित कानुनी बाटो खोजी गरिरहेको विदेशमन्त्री एब्रार्डले बताए । गोली चलाउने व्यक्ति हाल अमेरिकी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

विदेशमन्त्री एब्रार्डले मेक्सिकोले गोली चलाउने व्यक्तिलाई आतंकवादी ठहर गरेको पनि बताए । अर्कोतर्फ, मेक्सिकाली राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले एल पासो घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउँदै संयुक्तराज्य अमेरिकामा हतियारको खुलेआम प्रयोगमा नियन्त्रण आवश्यक रहेको बताए ।

विदेशमन्त्री एब्रार्डले पीडित परिवारसँग भेट गर्न सोमबार एल पासोको भ्रमण गर्न लागेको पनि बताए । प्याट्रिक क्रुसियस नाम गरेका २१ वर्षीय एक युवाले टेक्सासमा हिस्पानिक समुदायका व्यक्तिको आप्रवासन बढेको भन्दै एल पासोस्थित वाल्मार्ट सपिङ मलमा अन्धाधुन्ध गोली चलाएका थिए ।

मेक्सिकोसँगको सीमा नजिक अमेरिकाको एल पासोमा ल्याटिनो समुदायका मानिसको बाक्लो बसोबास छ ।