२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुदायलाई बगैँचा हस्तान्तरण



अ+ अ-

काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले काठमाडौँ महानगरपालिका–१ स्थित कमलपोखरीमा रहेको महानगरीय प्रहरी वृत्त अगाडिको बगैँचा आज वडालाई हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले करीब रु आठ लाखको लागतमा एक महिनाका अवधिमा उक्त स्थानमा हरियाली फूल र बिरुवाले सजाएर बगैचा निर्माण गरेको हो ।

आयोजित कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले वडाध्यक्ष भरतलाल श्रेष्ठलाई बगैँचा हस्तान्तरण गर्दै आफ्नो संस्थाले वित्तीय कारोवारका साथै सामाजिक विकासका लागि आवश्यक स्थानीय पूर्वाधार तथा विकास निर्माणमा वडासँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वडा नं १ का वडाध्यक्ष श्रेष्ठले पुरातात्विक महत्वका सांस्कृतिक सम्पदा तथा स्थानीय जात्रापर्वका संस्कृतिले धनी रहेको उक्त स्थानको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्न वडाले विभिन्न गतिविधि गरिरहेको जानकारी दिए ।

वृत्तका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बढ्दै गइरहेको प्रदूषण न्यूनीकरण तथा वातावरण संरक्षणका लागि सडक तथा त्यस आसपास क्षेत्रमा हरियाली बगैंचाको महत्व हुने बताए । उनले समुदाय–प्रहरीको साझेदारीमा शान्तिपूर्ण समाज निर्माण गर्न सकिने विचार पनि व्यक्त गरे । देशभर १०९ शाखा रहेको बैङ्कले रु ४६ अर्ब निक्षेप सङ्कलन तथा रु ३८ अर्ब लगानी गरेको छ ।