७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुदायलाई बगैँचा हस्तान्तरण



अ+ अ-

काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले काठमाडौँ महानगरपालिका–१ स्थित कमलपोखरीमा रहेको महानगरीय प्रहरी वृत्त अगाडिको बगैँचा आज वडालाई हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले करीब रु आठ लाखको लागतमा एक महिनाका अवधिमा उक्त स्थानमा हरियाली फूल र बिरुवाले सजाएर बगैचा निर्माण गरेको हो ।

आयोजित कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले वडाध्यक्ष भरतलाल श्रेष्ठलाई बगैँचा हस्तान्तरण गर्दै आफ्नो संस्थाले वित्तीय कारोवारका साथै सामाजिक विकासका लागि आवश्यक स्थानीय पूर्वाधार तथा विकास निर्माणमा वडासँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वडा नं १ का वडाध्यक्ष श्रेष्ठले पुरातात्विक महत्वका सांस्कृतिक सम्पदा तथा स्थानीय जात्रापर्वका संस्कृतिले धनी रहेको उक्त स्थानको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्न वडाले विभिन्न गतिविधि गरिरहेको जानकारी दिए ।

वृत्तका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बढ्दै गइरहेको प्रदूषण न्यूनीकरण तथा वातावरण संरक्षणका लागि सडक तथा त्यस आसपास क्षेत्रमा हरियाली बगैंचाको महत्व हुने बताए । उनले समुदाय–प्रहरीको साझेदारीमा शान्तिपूर्ण समाज निर्माण गर्न सकिने विचार पनि व्यक्त गरे । देशभर १०९ शाखा रहेको बैङ्कले रु ४६ अर्ब निक्षेप सङ्कलन तथा रु ३८ अर्ब लगानी गरेको छ ।