७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन आजदेखि पुनःसक्रिय, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान



अ+ अ-

काठमाडौं । केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ।

हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

साउन २० गते (सोमबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै, पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिः देशभर सामान्य बदली रही देशको पश्चिमि भू(भागका केही स्थानहरूमा तथा मध्य र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जनरचट्यांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन २१ गते (मंगलबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा हुनेछ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुनेछ। साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन २२ गते (बुधबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।