१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई सभामुखको निर्देशन



अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले मधेस र थरुहट आन्दोलनको क्रममा घटेका घटनाको छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।

सरकारले आन्दोलनको क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन् ।

राष्ट्रिय जनता पार्टीले पटक–पटक उक्त आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठाए पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन । सोमवारको संसद बैठकमा पनि राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग राखेपछि सभामुख महराले पुनः रुलिङ गर्नुभएको हो ।

कानुनमन्त्री भानुभक्त ढकालले यसअघि पनि सार्वजनिक गर्ने प्रतिवद्धता जनाए पनि त्यसको कार्यान्वयन हुनसकेको छैन ।

नेम्वाङको नेतृत्वमा विशेष समिति गठन

प्रतिनिधिसभाले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको छ ।

कांग्रेस र राजपाले विशेष समिति गठन नगरेसम्म संसद चल्न नदिने अडान लिएपछि अवरुद्ध संसद हटाउने सहमतिअनुसार यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन नेम्वाङको नेतृत्वमा समिति गठन गरिएको हो ।

समितिमा नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल, डा।मिनेन्द्र रिजाल, उमाशंकर अरगरियालगायत रहनुभएको छ ।

मेरो चरित्र हत्या गरियोस् महतो

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्नो नाम जोडेर चरित्रहत्या गरेकाले माफी माग्न आग्रह गर्नुभएको छ ।
सोमबार संसदलाई सम्बोधन गर्दै उहाँले उक्त आग्रह गर्नुभएको हो ।
महतोले सरकारलाई भ्रमको खेती नगर्न चेतावनी समेत दिनुभयो ।
सरकारले खारेज गरेको ८ जनाको नागरिकताको सूचिमा राजेन्द्र महतो भन्ने व्यक्तिको पनि नाम उल्लेख थियो ।

संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको आरोप लगाउँदै सांसद महतोले प्रश्न गर्नुभयो, ‘कुन राजेन्द्र महतो हो रु राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।