२० भाद्र २०८३, शनिबार
,
Latest
सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीलाई कालो चस्मा



अ+ अ-

काठमाडा्रैं । नेपाल प्रहरीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरेको छ । काठमाडौँ उपत्यकामा भएको धुलो, धुवाँबाट बच्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीलाई नमूना सङ्गठनको रूपमा विकास गर्ने नीतिअनुसार उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको धुलो धुवाँबाट बच्न तथा सडकमा ‘स्मार्ट’ देखिने भएकाले उक्त चस्मा वितरण गरिएको जानकारी दिनुभयो । हाल काठमाडौँ उपत्यकामा मात्र एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् ।