११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रम ओलीलाई शङ्कराचार्यबाट निमन्त्रणा

प्रम ओलीलाई शङ्कराचार्यबाट निमन्त्रणा
अ अ+ अ-

काठमाडौं । भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमार्फत मठका शङ्कराचार्यले सो निम्ता दिनुभएको हो । यसअघि गत गुरुपूर्णिमाका अवसरमा निम्तो दिइए पनि प्रधानमन्त्री ओली त्यहाँ पुग्न सक्नुभएको थिएन । हिन्दूधर्मका चारधाम बद्री, केदार, रामेश्वर र जगन्नाथ धाममध्ये उडिसामा जगन्नाथ र गोवद्र्धन मठ पर्छन् ।
प्रतिनिधिमण्डलमा समाजका उपाध्यक्ष धर्मराज बराल, महासचिव पुष्पराज पराजुली, समाजका सदस्य तथा अन्तरराष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष प्रदीप खनाल, भानु प्रतिष्ठानका महासचिव डिपी अर्याल, सदस्य पुष्कर आचार्य, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायत हुुनुहुन्थ्यो ।

समाजले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आगामी शिवरात्रि वा कुनै अनुकूल समयमा नेपालको भ्रमणका लागि पुरीका शङ्कराचार्यलाई निमन्त्रणमा पनि दिएको छ । गोवद्र्धन मठका १४५ औँ शङ्कराचार्य निश्चलानन्दले नेपाल९जनकपुर, काठमाडौँ र वीरगञ्ज०को दुई पटक भ्रमण गरिसक्नुभएको छ । गत वर्ष उहाँलाई प्रधानमन्त्री ओलीकै आतिथ्यतामा शहीद मञ्च टुँडिखेलमा अभिनन्दन पनि गरिएको थियो ।

सो अवसरमा मठका शङ्कराचार्यले आफू गत वर्ष नेपाल आउँदा प्रधानमन्त्री ओलीले आफ्नो साधुताको परिचय दिएको र उहाँसँग निकै ज्ञान रहेको आफूले पाएको अनुभव सुनाउनुभयो ।

उहाँले नेपालको अवस्था बिग्रेमा भारत पनि सुरक्षित नहुने बताउँदै जानकीलगायत धेरै देवदेवीको जन्मभूमि नेपालको संरक्षणमा जोड दिनुभयो । उहाँले नेपालका ५० औँ हिन्दू सङ्घसंस्थालाई एक हुन आग्रह गर्दै तर अनावश्यक शक्ति प्रदर्शन नगर्न र व्यूहरचना गरेर अघि बढ्न आह्वान गर्नुभयो ।

शङ्कराचार्यका उत्तराधिकारी निर्विकल्पनानन्दले केही नेपाली हिन्दू नेतृत्वमा व्यक्तिगत र गुटगत स्वार्थ देखिएको बताउँदै आफूहरुले शङ्कराचार्यको भावना उतार्ने सत्यनिष्ठ व्यक्तिको खोजी गरिरहेको स्पष्ट गर्नुभयो ।

सोही अवसरमा पशुपतिनाथका मूलभट्ट गणेश रावलले पठाउनुभएको पशुपतिनाथको प्रसाद र शङ्कराचार्यको स्वास्थ्यलाभको कामना गरिएको पत्र अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष खनालले शङ्कराचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । यसैबीच सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री बाँस्तोलाले ‘नीलाचल से नेपाल तक’९समुद्रदेखि नेपालसम्म० नामक ब्यानरको नेपाल भवन जगन्नाथ धाममा अनवरण गर्नुभयो । जगन्नाथधाम चेतना गवेषण प्रतिष्ठानले स्थापना गरेको ब्यानरमा जगन्नाथदेखि मुक्तिनाथ र पशुपतिनाथ भ्रमण र दर्शनका लागि आह्वान गरिएको छ ।

यस्तै नेपाली प्रतिनिधिमण्डललाई जगन्नाथ धामका मूल पुजारी जनार्दन पात्र जोशी महापात्र चित्तसनिजोक नायकले जगन्नाथधामको ध्वजा उपहार दिनुभएको थियो ।