११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भ्रमण वर्षको तयारी तीव्र

भ्रमण वर्षको तयारी तीव्र
अ अ+ अ-

पिचतवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु गरिएको छ । सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य थालिएको हो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्थित सरोकारवालाहरूको सहभागितामा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समिति गठन गर्न लागिएको छ । यसैगरी जिल्लाका सात वटै पालिकामा प्रमुखको संयोजकत्वमा आयोजक समिति गठन गर्न आग्रह गरिएको जानकारी उहाँले दिनुभयो ।

ती समितिहरूमा सरोकारवाला सबै पर्नेछन् । समितिका सदस्यबाट विभिन्न उपसमिति निर्माण गरी भ्रमण वर्ष सन् २०२० लाई प्रभावकारी बनाउने काम गरिने डल्लाकोटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चिनाउने गरी हामी काम गर्दैछौँ ।”

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरस्तरीय सहजीकरण तथा आयोजक समिति गठन गरी भ्रमण वर्षलाई प्रभावकारी बनाउन विभिन्न गतिविधिहरू अघि बढाउन लागिएको बताउनुभयो । महानगरपालिका राप्ती र नारायणी नदीको बीचमा रहेको छ । महानगरको अधिकांश भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । प्रमुख दाहालले भन्नुभयो, “भ्रमण वर्षको प्रचारप्रसारमा कुनै कमी हुन दिने छैनौँ ।”

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले जनवरी १ तारिखमा स्मारकसहित भ्रमण वर्षका कार्यक्रम शुरु गरिने बताउनुभयो । निजी र सरकारी क्षेत्रको समन्वयमा कार्यक्रमहरू हुने उहाँले जानकारी दिनुभयो । नयाँ गन्तव्यहरूको समेत पहिचान गरी प्रचारप्रसार गरिने छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले नियमित कार्यक्रमका अतिरिक्त अन्तर्राष्ट्रिय हात्तीपोलो, दशैँ महोत्सव, नेपाली नयाँ वर्ष विशेष कार्यक्रमजस्ता पर्यटक प्रवद्र्धन गर्ने गतिविधि गर्ने तयारी गरिएको बताउनुभयो । हाल जिल्लामा दुई लाख हाराहारी पर्यटक आउने गरेकामा यो सङ्ख्यालाई दोब्बर बनाउने गरी प्रचारप्रसारमा जुट्ने घिमिरेको भनाइ छ ।

के–कस्ता कार्यक्रम प्रभावकारी हुन्छन् भन्ने विषयमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनसहितको विज्ञ समूहहरूसँग छलफलसमेत भइरहेको उहाँले जानकारी दिनुभयो । भ्रमण वर्षमा चितवनमा के भयो भन्ने प्रश्नको जवाफ दिन सक्ने गरी कार्यक्रम गरिने घिमिरेको भनाइ छ ।

सौराहाका होटलहरूले स्तरोन्नतिका लागि कामसमेत गरिरहेका छन् । होटलमा रङरोगन गर्ने, क्षमता विस्तार गर्ने, पौडीपोखरी निर्माण गर्नेजस्ता काम भइरहेका छन् । चितवनमा मुख्यरूपमा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, एकसिङ्गे गैँडा हेर्न धेरै पर्यटक आउने गर्दछन् । यसका अतिरिक्त पवित्र तीर्थस्थल देवघाटधाम, माडीको गोद्धक, सोमेश्वरगढी, पाँचपाण्डव, वाल्मिकी आश्रम, जिरौनाको धर्मधामलगायतका स्थलमा पर्यटक आउने गर्दछन् । चितवन उच्च पहाडी क्षेत्रदेखि समथर मैदानसम्म रहेकाले सिराइचुली, उपारदाङ्गढीलगायतका पहाडी क्षेत्रमा पनि पर्यटक पुग्ने गर्दछन् । यसै जिल्लाबाट केबलकार चढेर मनकामना जानेहरूको सङ्ख्या पनि ठूलो हुने गर्दछ ।