७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह अस्पतालमा भर्ना



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पतालमा भर्ना भएका छन् ।


मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि ललितपुरको मेडीसिटी अस्पतालमा भर्ना गरिएको छ ।

चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार–पाँच दिनदेखि घरमै आराम गरिहेका थिए । सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताए ।

केही समयदेखि ‘सिल्पिङ डिसअर्डर’ (जतिबेला निद्रा लाग्ने) समस्या देखिएपछि उनी उपचारका लागि यसअघि नयाँदिल्लीस्थित लेदान अस्पतालमा पनि भर्ना भएका थिए ।उनमा मधुमेहको समस्यासमेत रहेको छ ।